Friday, November 22, 2019

Mahila Udhamy : opportunity and challenge

महिला उधमी : अवसर र चनौतिहरु

नेपाल कृषि प्रधान देश हो । यहाँका ७० प्रतिशत भन्दा वढी जनसंख्या निर्वाहमुखी कृषिमा आश्रीत रहेका छन । देशको अर्थव्यवस्था पनि कृषिमा नै निर्भर रहेको छ । देशमा उधोग व्यवसायको विकास र विस्तार मन्दगतिमा भईरहेको छ । नेपालमा अधिकांश परिवार कृषिमा नै निर्भर रहेकोले उधम व्यावसाय तिर मानिसको झुकाव कम रहेको देखिन्छ । निर्वाहमुखी कृषि पृष्ठभुमी भएको कारणले उधमशील संस्कृतिको विकास भईनसकेकाले उधम व्यवसाय तिर मानिसको आकर्षण कम रहेको अवस्था छ । समग्रतामा नै नेपालमा उधमीहरुको संख्या कम रहेकोमा अझ महिला उधमीहरु विभिन्न समस्या तथा चुनौतिहरु उधमशीलताको क्षेत्रमा सामना गर्नु पर्ने भएकोले महिला उधमीहरुको संख्या न्यूनमात्र रहेको छ । 



उधमी भनेको त्यो व्याक्ति हो जसले परिवर्तित वातावरणमा सिर्जित अवसरहरु पहिचान गरेर त्यसवाट लाभ आर्जन गर्न आवश्यक स्रोतसाधनहरु व्यवस्था गरेर लाभ आर्जन तथा आर्थिक उपार्जन गर्ने उद्देश्यले प्रेरित भएको हुन्छ । उ संग उधम सिर्जना गर्ने कला र शिपका साथ साथै जोखिम र अनिश्चितता वहन गर्न सक्ने क्षमता रहेको हुन्छ । अझ सरल रुपमा कुनै पनि व्यावसायमा संलग्नहुने वा संचालन गर्ने व्याक्तिलाई उधमी भन्न सकिन्छ । उधमी हुनको लागि गरिने विभिन्न क्रियाकलाप उधमशिलता हो यसलाई व्यावसाय वा उधम संचालनको प्रक्रियाको रुपमा पनि लिन सकिन्छ । उधमीले पुँजि लगानी गरी जोखिम वहन गरी मौद्रिक र अमौद्रिक पुरस्कार प्राप्त गर्ने उद्देश्यवाट व्यवसायिक क्रियाकलापहरु गर्दछन भने त्यसलाई नै उधमशीलता भनिन्छ । 



महिला आफ्नै सक्रियतामा आफ्नै पुँजी लगानि गरी व्यवसाय स्थापना, सञ्चालन, नियन्त्रण, व्यवस्थापन गरी जोखिम र मुनाफा पनि आफै बहन गर्दछ भने त्यसलाई महिला उधमशीलता भनिन्छ र सो कार्यमा संलग्न हुने महिलाहरुलाई नै महिला उधमी भनिन्छ । महिला र पुरुष उधमीमा खासै भिन्नता छैन या केवल लिङ्ग भेद मात्र हो । आजको परिवर्तित वातावरण एवं महिला वर्गको वढदो अग्रसरता र जागरुक्ताका कारणले महिला उधमीहरुको संख्या क्रमस बढ्दै गईरहेको छ । आर्थिक अवसर र बाध्यता, खुला परिवेश अनि म पनि केही गर्न सक्छु भन्ने भावनाले महिलाहरु परम्परागत चूलोचौकाबाट बाहिर निस्किएर उधोग व्यवसायमा लाग्न थालेका छन् । बाध्यताले व्यवसाय अँगाल्नेहरुको अर्कै कुरा हो, अहिले त सजिला विकल्प छाडेर आफुले काम नगरे पनि हुने अवस्थाका महिलाहरु समेत जोखीम उठाएर उधोग व्यावसायमा हात हाल्न थालेका छन् । तर, असहयोगी सामाजिक संस्कार, सम्पतिमा अधिकार नहुने, असमान कानून, साना उधमीहरुलाई उधमीको रुपमा नमान्ने राज्यको व्यवहारले आउन सक्ने जति महिलालाई पनि उधोग व्यवसायमा अगाडी बढ्न दिईरहेको छैन । 



वर्तमान परिपे्रक्षमा महिला सस्क्तिकरणको विषय विभिन्न सरकारी तथा गैरसरकारी संधसंस्थाहरुले जोडदार रुपमा उठाईरहेको अवस्था छ । महिला सस्क्तिकरणले समाजमा महिला वर्गको हक, अधिकार र भुमिका वृद्दि गरि उनिहरुलाई सक्षम तुल्याउने र आत्म निर्भर वनाउने कार्यलाई जनाउदछ । आजको समयमा महिला वर्गलाई उपेक्षा गरेर देशको विकास र समृद्दिको सम्भावना छै्रन किनकी आधा भन्दा वढी जनसंख्या महिलाहरुको रहेको छ । महिला उधमशीलताले उनिहरुको आर्थिक, सामाजिक, साँस्कृतिक र राजनैतिक स्वतन्त्रता र आत्मसम्मानमा अभिबृद्दि गर्दछ त्यसैले महिलाहरुलाई उनिहरुको क्षमता, दक्षता र व्यवस्थापन क्षमता अभिवृद्दि गरी व्यवसायमा संलग्न गराई महिला सस्क्तिकरण गर्न सकिन्छ । जुन देशका सम्पुर्ण क्षेत्रको विकासको निमित्त अति नै आवश्यक छ । 

महिला उधमीका समस्या तथा चुनौतीहरु : 

नेपालमा उधमी र उधमशीलताको विकासमा धेरै समस्याहरु रहेका छन । अझ महिला उधमीले पुरुष उधमीहरुको भन्दा कयौ गुणा बढी समस्याहरु भोग्नुपर्ने अवस्था रहेको छ । महिला उधमीहरु मुख्यतः दुई प्रकारका समस्याहरु झेल्नु पर्ने हुन्छ । एउटा समान्य समस्या जुन प्रत्येक उधमी ले सामना गर्नु पर्छ भने अर्काे महिला भएकै कारणले झेल्नु पर्ने हुन्छ । महिला उधमीहरुलाई व्यवसाय शुरु गर्न सबैभन्दा पहिला त बीउ पूँजीको अभाव हुने गरेको पाईन्छ । वित्तीय पहुँचमा समस्या हुँदा उनीहरु सहज तरिकाले व्यवसाय अगाडी बढाउन सकेका छैनन् । महिला उधमीको व्यवसायलाई निरन्तरता दिन बजारीकरणको समस्या छ । आधुनिक प्राविधिको प्रयोग गर्न नसक्नु पनी चुनौतीको रुपमा छ । स्वदेशी वस्तुको उपयोगमा सरकारी निकायले समेत प्राथमिकता नदिनु पनि समस्या बनेको छ । त्यस्तै , तीव्र रुपमा सूचना प्रविधिको विकास संगै प्रतिस्पर्धा गर्न नसक्दा महिला उधमीहरु प्छि परेका छन् ।

बुदागत रुपमा महिला उधमीका समस्या तथा चुनौतीहरुलाई निम्नानुसार उल्लेख गर्न सकिन्छ  :

  • व्यवस्थापन शिक्षाको अभाव 
  • वित्त व्यवस्थापनमा समस्या
  •          कडा प्रतिस्पर्धा 
  • सिमित गतिशिलता 
  • पारिवारीक कमजोरी
  • पुरुष प्रधान समाज
  • प्राविधिक ज्ञान र अनुभवको अभाव 
  • जोखीम वहन गर्न सक्ने क्षमताको अभाव
  •         व्यवस्थापकिय कार्य कुशलताको अभाव
  • उधमशीलताको अभाव आदी 


महिला उधमीका अवसरहरु : 
महिला उधमीहरु धेरै समस्या तथा चुनौतीहरु वावजुद पनि उधमीय अवसरहरु सहज रुपमा सदुपयोग गरी व्यवसायमा सफलता प्राप्त गरिरहेका छन् । कयौ महिला उधमीहरु सफलताको सिखर चुमिरहेका छन भने कयौ पलायन भइरहेकाछन । हाल सरकारी तथा गैर सरकारी संस्थाहरुले पनि महिलाहरुलाई केन्द्रित गरेर विभिन्न शिपमुलक तालिमहरु संचालन गरी महिलाहरुको क्षमता, दक्षता र कार्यकुसलतामा अभिवृद्दि गरी उधमी तिर अग्रसर गराईरहेका छन । सरकारले महिला उधमीहरुलाई उधमप्रति आकर्षित गराउनको लागी नीतिगत रुपमा धेरै सेवा सुविधाहरुमा छुट र सहुलियतको व्यवस्था गरेको छ । यि सेवासुविधाहरुको सदुपयोग गर्दै महिला उधमीहरुले विभिन्न सम्भाव्यता र अवसरहरुको खेजी गर्न सक्छ । खास गरेर निम्नानुसारको व्यवसायहरुमा महिला उधमीहरुका लागी अवसरको रुपमा लिन सकिन्छ : 

  • गलैचा तथा तयारी पोशाक व्यवसाय ।
  • सृङ्गार, सजावट र व्यूटी पार्लर ।
  • ह्स्तकलाका वस्तुहरु ।
  • फेशन डिजाईनर ।
  • पर्यटन क्षेत्र ।
  • सिलाईकटाई÷टेलरिङ ।
  • विमा क्षेत्र ।
  • सन्चार क्षेत्र आदि ।

औधोगिक व्यवसाय ऐन २०७३ ले महिला उधमीका लागि गरिएका व्यवस्थाहरु :


  • लघु उधमीलाई पहिलो पटक कानूनी मान्यता दिदै निःशुल्क दर्ता गरिने र १० वर्षसम्म आयकर छुट ।
  • साना तथा घरेलु उधोगका उत्पादनको बजार प्रवद्र्धनका लागि उपकारार गरी उत्पादन गर्न सक्ने व्यवस्था ।
  • लघु, घरेलु तथा साना उधोगको प्रवद्र्धनका लागि स्थानीय स्तरमा जिल्ला स्थित घरेलु तथा साना उधोग महासङ्घको समेत प्रतिनिधित्व रहनेगरी जिल्ला उधोग प्रवद्धैन समितिको गठन हुने व्यवस्था ।
  • म्हिलाको स्वामित्वमा दर्ता उधोगको दर्ता रजिष्ट्रेशन दस्तुरमा ३५ प्रतिशत छुट हुने र बौद्धिक सम्पति सम्बन्धि उधोग दर्ता भएमा २० प्रतिशत हुने व्यवस्था ।
  • आफ्नो औधोगिक उत्पादन निर्यात गर्ने महिला , महिला उधमी व्यवसायीहरुलाई व्यवसायको वित्तीय स्थितीको आधारमा निर्यात कर्जा उपलब्ध गराउने व्यवस्ीथा ।


सन्दर्भ सामग्री 
१. उधमशीलता तथा उधम विकास, सम्झना प्रकाशन, काठमाण्डौ 
२. व्यवसायिक वातावरण तथा रणनीतिक व्यवस्थापन, अस्मिता प्रकाशन, काठमाण्डौ
३. औधोगिक व्यवसाय ऐन २०७३
४. महिला उधम संग सम्बन्धित विभिन्न लेख रचनाहरु ।

No comments:

Post a Comment