Sunday, April 12, 2020

Principle of Management amd Concept of Scientific Management

 (परिचय ) 

Introduction

सिद्धान्त मानिसहरुको विचार एवं कार्यलाई मार्गदर्शन गर्ने आधारभुत सत्य हो । सिद्धान्तले कारण र परिणामको सम्वन्ध दर्साउने भएको हुनाले सिद्धान्तको आनुसरण गरी सम्पन्न गरेको कामले कस्तो परिणाम त्याउन सक्छ भनेर सहजै पुर्वानुमान लगाउन सकिन्छ । व्यवस्थापनका सिद्धान्तहरुले कुशल व्यवस्थापनका लागी मार्गदर्शन एवम सहयोग गरीरहेको हुन्छ ।

Gerge R. Terry  (जर्ज आर टेरी) का अनुसार, ‘ सिद्धान्त भनेको एकमुलभूत कथन वा सत्या हो जसले विचार उवम् कार्यलाई निर्देशित गर्दछ ।’

Herbert G. Hicks का अनुसार, ‘ व्यवस्थापन सिद्धान्त भन्नु नै यथार्थमा संगठन तथा व्यवस्थापन वारे समान्य सत्यको विवरण हो ।’

यी माथिका परिभाषा अनुसार व्यावस्थापन भन्नाले विचार र कार्यलाई निर्देशन गर्ने सत्य विवरण हो । जसले व्यवस्थापकलाई समस्याको विधिसम्मत एवम वैज्ञानिक ढंगवाट सामाधान गर्नमा सक्षम वनाउछ ।

(वैज्ञानिक व्यावस्थापनको अवधारण )
Concept of Scientific Management


वैज्ञानिक व्यवस्थापन भनेको व्यवस्थापन लाई व्यवFस्थित, वैज्ञानिक तर्कपुर्ण एवम तथ्य केन्द्रित वनाउनु हो । वैज्ञानिक व्यवस्थापन वस्तु वा सेवाको उत्पादन गर्नका लागि मानिस, यन्त्र, सामगी्र र विधिलाई कुशलता पुर्वक प्रयोग गर्न वैज्ञानिक तरिकावाट विकास गरिएको मापदण्ड, सिद्धान्तहरु र प्रविधिलाई प्रयोग गर्ने प्रक्रिया हो ।

वैज्ञानिक व्यवस्थापनले खर्च, प्रयास र उत्पादकत्वमा कुशलता प्रदान गरी उत्पादकत्व वढाउछ Frederik Winslow Taylor (F.W.Taylor) का अनुसार , ‘मानिस द्धारा के काम गराउन चाहेको हो, सो को अथार्थ जानकारी हुनु र तिनिहरुले उत्तम र सस्तो ढंगवाट काम गरेका छन् भने हेर्नु नै वैज्ञानिक व्यवस्थापन हो ।’

त्यसै गरी अर्काे विद्वान Peter Durcker का अनुसार, ‘वैज्ञानिक व्यवस्थापन कामको संगठित अध्ययन हो , कार्यलाई यसका सजिला तत्वमा विश्लेषण गर्नु र श्रमिक द्धारा गरिने प्रत्येक तत्वको कार्य सम्पादनमा व्यवस्थित सुधार गर्नु हो । ’

अत् वैज्ञानिक व्यवस्थापन भनेको स्तरिय उपकरणहरुको प्रयोग गर्दै मानविय तथा गैरमानविय श्रोतहरुको वेज्ञानिक ढंगवाट प्रयोग गरी उत्पादनलाई वृद्धिगर्ने प्रयास हो ।

(वैज्ञानिक व्यावस्थापनको विशेषताहरु )
Features of Scientific Management

१. पुरानो विधिको प्रतिस्थापन  (Replacement of Old Techniques)
२. स्तरीकरण  (Standardization)
३. विवेकपुर्ण दृष्टिकोण  (Rational Approach)
४. संयुक्त प्रयास  (Mutual Effort)
५. एउटै विधिको सर्वश्रेष्ठ प्रयोग  (Use of One Best Way)
६. कर्मचारीहरुको वैज्ञानिक विधिवाट छनौट  (Selection of Employees in Scientific Ways and Training)


टेलरको वैज्ञानिक व्यवस्थापनक सिद्धान्त अथवा तत्वहरु (Principle/Elements of Scientific Management of F.W. Taylor)


F. W. Taylor (1856 - 1915) ले वैज्ञानिक व्यवस्थापनका सिद्धान्त प्रतिपादन गरेको हुन् । वैज्ञानिक व्यवस्थापनका सिद्धान्तलाई सर्वस्वीकार्य गराउन सफल भएकोले उनलाई वैज्ञानिक व्यवस्थापनका पिता (Father of Scientific Management)  भनिन्छ । उनले अनुभव र अनुसन्धानको आधारमा वैज्ञानिक ढङ्गबाट काम, साधन र श्रोतलाई व्यवस्थापन गरियो भने उत्पादकत्व र कुशलतामा बृद्धि गराउन सकिन्छ भन्ने दृष्टिकोण अगारी सारे । 

१. कामको वैज्ञानिक विधि  (Scientific Method of Work)
२. स्तरीकरण र सरलीकरण  (Standardization and Simplification)
३. कामदारको वैज्ञानिक छनोट, पदस्थापना र तालिम (Scientific Selection, Placement and Training of Workers)
४. सहयोग र सौहाद्र्ध सम्बन्ध  (Cooperation and Harmonious Relationship)
५. प्रेरणात्मक ज्याला प्रणाली  (Incentive Wages System)
६. कार्यात्मक कार्याध्यक्ष  (Functional Foremanship)

No comments:

Post a Comment