निर्देशन भनेको के हो ?
निर्देशन भनेको आदेश दिनु, अह्राउनु, कार्य सुम्पनु र कुनै काम गर्नु भनेर कामको जिम्मेवारी दिनु हो ।
यस अन्तर्गत सुपरिवेक्षण, नेतृत्व, उत्प्रेरणा, सञ्चार र कर्मचारीहरुको हित र संङ्गठनको उद्देश्यबिच समन्वय गर्ने कामहरु पर्दछन् । निर्देशनको कार्य व्यवस्थापनका सम्पुर्ण कामहरु (जस्तै,योजना बनाउने, सङ्गठन गर्ने, कर्मचारी व्यबस्थापन गर्ने, कर्मचारी व्यवस्थापन गर्ने, समन्वय गर्ने र नियन्त्रण गर्ने) मा पाउन सकिन्छ ।
थ्यो हैमन (Theo Haimann) का अनुसार, ‘‘निर्देशन अन्तर्गत आदेश दिने र योजनाअनुसार कार्यहरु सम्पादन भएको सुनिश्चित गर्ने प्रक्रिया तथा प्रविधिहरु पर्दछन ।’’ (Directing
consists of the processes and techniques utilized in issuing instructions and
making certain that operations are
carried on as originally planned.)
कुन्ज र ओडेनेल (Koontz and O'Donnel) का शब्दमा ‘‘निर्देशन त्यस्तो जटिल कार्य हो जसअन्तर्गत मातहतका कर्मचारीहरुलाई काम प्रभावकारी एवम कुशलतापुर्वक सम्पन्न गर्नका लागि प्रोत्साहित गर्न निर्माण गरिएका कामहरु पर्दछन् ।’’ (Directing
is a complex function that includes all those activities which are designed to
encourage a subordinate to work effectively and efficiently.)
संक्षेपमा, निर्देशन भनेको मातहतका कर्मचारीहरुलाई आदेश दिनु र निर्देशन दिनु मात्र नभएर सङ्गठनको उद्देश्य हासिल गर्नको लागि सुचनाका सम्प्रेषण गर्नु, नेतृत्व प्रदान गर्नु र उत्प्रेरण जगाउने जस्ता कामहरु पर्दछन् ।
निर्देश्नका सिद्धान्तहरु (Principles of Direction)
१. उद्देश्यहरुको सामान्जस्यता (Harmony of Objectives)
२. आदेशमा एकता (Unity
of Command)
३. प्रत्यक्ष सुपरिवेक्षण (Direct Supervision)
४. प्रभावकारी सञ्चार (Effective Communication)
५. प्रभावकारी नेतृत्व (Effective Leadership)
६. प्रभावकारी उत्प्रेरण (Effective Motivation)
७. सहभागिता (Participants)
८. अनौपचारिक सम्वन्ध (Informal Relation)
निर्देश्नका आवश्यक तत्वहरु (Components of Direction)
१. उत्प्रेरण (Motivation)२. नेतृत्व (Leadership)३. सुपरिवेक्षण (Supervision)४. सञ्चार (Communication)५. समन्वय (Coordination)
No comments:
Post a Comment