उत्प्रेरणा भनेको के हो ? (What is Motivation?)
सङ्गठनको उद्देश्य प्राप्तीको लागि व्याक्तिहरुको अधिक्तम क्षमतालाई प्रयोग गर्ने वा प्रोत्साहित गर्ने तत्वलाई नै उत्प्रेरणा भनिन्छ ।
उत्प्रेरणा भनेको व्याक्तिहरुलाई कुनै काम गर्न वा नगर्नका लागि जगाउने वा मनाउने प्रक्रिया हो ।
Stephen P. Robbins का अनुसार, ‘‘लक्ष्य प्राप्तिका लागि व्याक्तिा प्रयासको तीव्रता, दिशाबोध र दृढताका लागि जिम्मेवार प्रक्रिया नै उत्प्रेरणा हो ।’’ (Motivation is a process that accounts for an individual's intensity, direction and persistence of effort toward attaining a goal.)
Dale S. Beach का अनुसार, ‘‘उत्प्रेरणालाई लक्ष्य वा पुरस्कार प्राप्त गर्नका लागि शक्ति विस्तार गर्ने तत्परताका रुपमा परिभाषित गर्न सकिन्छ ।’’ Motivation can be define as a willingness to expand energy to achieve a goal or a reward.)
संक्षेपमा, उत्प्रेरणा भन्नाले सङ्गठनको उद्देश्य प्राप्तिका लागि व्याक्तिहरुलाई उनिहरुको अधिकतम क्षमतालाई प्रयोग गर्न प्रेरित गर्ने र प्रोत्साहन गर्ने प्रक्रिया हो भन्ने बुझिन्छ ।
मास्लोको उत्प्रेरणा आवश्यक्ता श्रृङ्खला सिद्धान्त Maslow's Need Hierarchy Theory of Motivation
अब्राहम मास्लोले यो सिद्धान्तलाई सन् १९४३ मा प्रतिपादन गरेका हुन् । मास्लोले यो सिद्धान्त आफ्नो क्लिनिकमा आएका विरामीहरुसँगको अन्तरक्रियावाट प्राप्त अनुभावको आधारमा विकास गरेका हुन् । उनले एउटै प्रश्न, ‘‘त्यो के हो जसले मानिसहरुलाई उनीहरुले गरेको व्यावहारजस्तै गराउँछ’’ (What is that make people behave the way they do?)सोधेका थिए । यही प्रश्नको जवाफलाई सङ्कलन गरी मानिसका आवश्यक्ताहरुलाई प्राथमिक्ताका आधारमा उनले पाँचवटा श्रृङ्खलामा विभाजन गरे ।
यस सिद्धान्तका मुलभूत मान्यताहरु निम्न अनुसार रहेको छ ः
- हरेक मान्छेको आवश्यक्ता हुन्छन् ।
- मानिस इच्छा राख्ने प्राणी हो ।
- खास समयमा कुनै आवश्यकता सन्तुष्टि हुन्छन् भने कुनै असन्तुष्ट हुन्छन ।
- असन्तुष्ट आवश्यक्ताहरुले ने मानिसको व्यवहारमा प्रभाव पर्छ ।
- सन्तुष्ट आवश्यक्ता उत्प्रेरक हुन सक्दैन् । यसको मतलव सन्तुष्टि प्राप्त आवश्यक्ताले व्यवहारलाई आकर्षण् गर्दैन् ।
- महत्वको आधारमा आवश्यक्तालाई श्रृङ्खलावद्ध गरिन्छ ।
यि मान्यताहरुको आधारमा मास्लोका आवश्यक्ता श्रृङ्खलालाई निम्नअनुसार ५ तहमा वर्णन गर्न सकिन्छ /
१. शारीरिक आवश्यकता (Physiological Needs)
२. सुरक्षा आवश्यकता (Safety
or Security Needs)
३. सामाजिक आवश्यकता (Social
Needs)
४. अहम् वा सम्मानको आवश्यकता (Ego or Esteem Needs)
५. आत्मसन्तुष्टिको आवश्यकता (Self - actualization Needs)
मास्लोको उत्प्ररणा सिद्धान्तका आलोचना (Criticism of Maslow's Need Theory of Motivation)
मास्लोको उत्प्रेरणा सम्वन्धि सिद्धान्तलाई सरल, व्यापक र व्यावहारिक मानिए तापनी यो सिद्धान्त केहि मान्यतामा आधारित रहेकोले आलोचनवाट मुक्त हुन सकेको छैन् । संक्षेपमा यस सिद्धान्तको आलोचनालाई निम्नअनुसार बुंदागत रुपमा उल्लेख गरिको छ ।
- मानिसका आवश्यक्ताहरु कुनै श्रृङ्खलामा प्रतिवद्ध भएर रहन सक्दैन ।
- सर्तमा आधारित सिद्धान्त
- सीमित क्षेत्र
- मानिसका विभिन्न आवश्यक्ता विचका अन्तरक्रिया र विभिन्न आवश्यक्ताहरुको संयुक्त परिमाण नै मानवीय व्यवहार हो भन्ने कुरा मौन रकेका छन् ।

No comments:
Post a Comment