Wednesday, May 6, 2020

What is Share and Share Capital ? ( शेयर तथा शेयर पुँजी भनेको के हो ) In Nepali


शेयर तथा शेयर पुँजी भनेको के हो ? (What is Share and Share Capital ?) 



कम्पनीको कुल पूँजीलाई सा–साना अंशहरुमा विभाजन गरिएको हुन्छ, जुन साना अंशलाइ नै शेयर भनिन्छ । शेयरले लगानीकर्ताको कम्पनी माथीको स्वमित्वको प्रतिनिधित्व गर्दछ । यि शेयरहरू खरिद गर्ने व्याक्तिलाइ शेयरधनि भनिन्छ । (Capital of the company is divided into small units for collection such each unit is called Share. It is an ownership document which is issued by the company for collection of capital.  A person who purchase a share is called shareholder.)


यि शेयर विक्रीमा वाट संकलित पूजीलाई शेयर पूँजी भनिन्छ । (Amount collected by the company by issuing a share for public is called Share Capital.)


For Example,
उदाहरणको लागि कम्पनीको जम्मा पुँजी रु. १०,००,००० लाई अंकित मूल्य रु. १०० को शेयरमा वाँडफाँड गर्दा जम्मा १०,००० शेयर संख्या हुन आउँछ । 

शेयरका प्रकारहरु (Types of Shares)  

शेयर मुख्यतया दुई प्रकारका हुन्छन ः 

(क) साधारण शेयर (Equity or Ordinary Share) 

पुँजी फिर्ता तथा लाभाँश प्राप्त गर्ने पूर्वाधिकार नभएको शेयरलाई साधारण शेयर भनिन्छ । साधारण शेयर खरिद गर्ने व्याक्तिलाई साधारण शेयर धनी भनिन्छ जो काम्पनीको वास्तविक मालिक हुन । (The share which have not preferential rights in the payment of dividend and repayment of Capital, is called ordinary/equity share.) 

(ख) पूर्वाधिकार शेयर(Preference Share)

पुँजी फिर्ता तथा लाभाँश प्राप्त गर्ने पहिलो अधिकार रहेका शेयरलाई पूर्वाधिकार शेयर भनिन्छ । पुर्वाधिकार शेयरमा लगानि गर्ने व्याक्ति वा संस्थालाई पुर्वाधिकार शेयर धनी भनिन्छ ।
(Preference share are those share which have primary rights to get dividend and repayment of share capital than ordinary shareholders.)     

पुर्वाधिकार शेयर (Preference Share)  र साधारण शेयर (Equity or Ordinary Share) विच भिन्नता । 

पुर्वाधिकार शेयर
(Preference Share)
साधारण शेयर
(Equity or Ordinary Share)
साधारण शेयर भन्दा अगाडि लाभांश र पुँजी फिर्ता पाउने अधिकार भएको शेयरलाई पूर्वाधिकार शेयर भनिन्छ । 

 पुर्वाधिकार शेयरवाहेकका शेयर, जसलाई लाभांश र पुँजी फिर्ता पाउने पुर्वाधिकार हुदैन, जसलाई साधारण शेयर भनिन्छ ।
 फिर्ता गर्ने शर्तमा निष्कासन गरिएको पुर्वाधिकार शेयर परिपक्क अवधि पछी फिर्ता हुन्छ ।

कम्पनी विधटन नभए सम्म फिर्ता हुदैन ।

कम्पनीको सभामा मतदान गर्ने अधिकार हुदैन ।
कम्पनीको सभामा मतदान गर्ने अधिकार हुन्छ ।

लाभांश पूर्व निर्धारित हुन्छ ।
लाभांश पूर्व निर्धारित हुदैन ।



No comments:

Post a Comment