Sunday, May 3, 2020

What is Accounting? Explain its Objectives and Scope. (लेखाविधि भन्नाले के बुझिन्छ ? लेखाविधिका उद्देश्य तथा कार्यहरु र लेखाविधिको क्षेत्रहरु) in Nepali


लेखाविधि (Accounting)  भन्नाले के बुझिन्छ ? 

व्यवसायमा भएगरेका विभिन्न वित्तीय कारोवारहको अभिलेख राख्ने, बर्गिकरण गर्ने, साँराश निकाल्ने, व्याख्या र विशलेषण गरी व्यावसायको अन्तिम खाता तयार परी व्यवसायको संचालन नतिजा तयार पर्ने विधिलाई नै लेखाविधि  (Accounting) भनिन्छ ।


R. N. Anthony का अनुसार, ‘‘व्यवसायका सुचनाहरुलाई मौद्रिक रुपमा संकलन, संक्षेपिकरण, विश्लेषण र प्रतिवेदन प्रस्तुत गर्ने एउटा माध्यम लेखा प्रणाली हो ।’’ (An accounting system is a means of collecting, summarizing, analyzing and reporting, in monetary terms, information about the business.) 


Bierman & Derbin का अनुसार, वित्तीय सुचनाहरुको पहिचान, मापन, अभिलेखन र सम्प्रेषणलाई नै लेखाविधिको रुपमा परिभाषित गरेका छन् । (Accounting may be defined as the identifying, measuring, recording and communicating of financial information.)

लेखाविधिका उद्देश्य तथा कार्यहरु (Objectives and Functions of Accounting)

लेखाविधिका उद्देश्य तथा कार्यहरु निम्नानुसार रहेको छ ः 


(क) व्यवस्थित तरिकाले अभिलेख राख्नु (To keep Systematic Record)

मौद्रिक मूल्यमा व्यक्त गर्न सकिने व्यावसायमा भए गरेको सम्पुर्ण कारोवारहरुको नियमित र व्यवस्थित रुपमा विधिवत अभिलेख राख्नु नै लेखाविधिको मुख्य उद्देश्य हो । 


(ख) नाफा नोक्सान पत्ता लगाउनु (To ascertain Profit and Loss)


व्यावसायिक संस्थाले कुनै निश्चित अविधीमा आर्जन गरेको नाफा वा नोक्सान पत्ता लगाउनु लेखाविधिको एक महत्पुर्ण उद्देश्य वा कार्य हो । व्यापार खाता (Trading Account)  र नाफा नोक्सान खाता (Profit and Loss Account)  तयार गरेर कनै निश्चित अवधिमा व्यावसायको वास्तविक नाफा वा नोक्सान पत्ता लगाउने गर्दछन् ।

(ग) वित्तीय अवस्था चित्रण गर्नु (To depict the financial Position)  ः 

लेखाविधिको उद्देश्य कुनै पनि व्यावसायिक सङ्गठनको वित्तीय अवस्थाको यर्थाथ चित्रण गर्नु हो । व्यावसायको वित्तीय अवस्था अन्तर्गत सम्पती (Assets), पुँजी (Capital) र दायित्व (Liabilities)  को अवस्थालाई वुझिन्छ जस्लाई वासलात (Balance Sheet)  तयार गरेर देखाउन सकिन्छ । 

(घ) वित्तीय सुचना विश्लेषण र व्याख्या गर्न (Analyze and interpret financial information)


वित्तीय विवरणहरुको विश्लेषण तथा व्याख्या गर्नु लेखाविधिको महत्पुर्ण उद्देश्य हो । लेखाविधि अन्तर्गत तयार पारिएको अभिलेखहरुवाट योजना तर्जमा गर्न र वित्तीय स्थितीहरुको विश्लेषण तथा व्याख्या गर्नुपर्ने हुन्छ । 

लेखाविधिको क्षेत्रहरु (Scope of Accounting)  ः 

(क) व्यापारिक संगठनहरुका लागि लेख (Accounting for Business Organizations)

व्यापारिक सङ्गठनहरुको लागि लेखाविधि महत्पुर्ण हुन्छ । व्यापारिक सङ्गठन भन्नाले नाफा आर्जनको लागि स्थापना गरिएका सङ्गठनहरु हुन । व्यापारिक सङ्गठनहरुको नाफा नोक्सान तथा वित्तीय स्थिती पत्तालगाउनको लागि लेखाविधी अवश्यक हुन्छ । 

(ख) गैर—व्यवसायिक संगठनहरुको लागि लेख (Accounting for non-trading Organizations) ः 

नाफा आर्जनको उद्देश्य नराखि सेवा भावना वा सेवा प्रदान गर्ने उद्देश्यले स्थापना गरिएका संघ संस्थाहरुलाई गैर–व्यावसायिक सङ्गठन भनिन्छ । गैर–व्यवसायिक सङ्गठनमा पनि विभिन्न किसिमका आर्थिक कारोवारहरु हुने गर्दछन् । रकम को प्राप्ती, भुक्तानी, आय, व्याय लागायतका विभिन्न आर्थिक क्रियाकलापहरुको अभिलेखको लागि लेखाविधि आवश्यक हुन्छ ।

(ग) सरकारी लेखाविधि (Government Accounting)  ः 

सरकारको आय व्याय र विभिन्न आथिक क्रियाकलापहरुको चुस्त र दुरुस्त अभिलेख राखि आर्थिक पार्दशिताको लागि लेखाविधि आवश्यक हुन्छ । यसवाट सरकारी कोषका रकम हिनामिना हुनवाट जोगाउन, राजश्वको अभिलेख राख्न र आवश्यक आर्थिक प्रतिवेदन तयार गर्न लेखाविधिले सहयोग गर्दछ । 

(घ) पेशागत तथा व्यक्तिहरुको लागि लेखा (Accounting for professional and Individuals) ः 


विभिन्न पेशामा संल्गन व्यक्तिहरु जस्तैै डाक्टर , इन्जिनियर, वकिल , लेखापरीक्षक जस्ता पेशेवर व्याक्ति र तिनिहरुद्धारा सञ्चाति विभिन्न पर्महरुको आम्दानी तथा खर्चको अभिलेख राख्न पनि लेखाविधिको प्रयोग गन्छि । 




No comments:

Post a Comment