लेखा अभिलेखन(Book-keeping)
कुनै पनि व्यवसाय वा संगठनमा दैनिक रुपमा भए गरेको वितिय क्रियाकलापहरुको तिथी मिति अनुसार क्रमवद्ध तथा व्यवस्थित रुपमा अभिलेख राख्ने कार्यलाई लेखा अभिलेखनलेखापालन भनिन्छ । यसलाई वितिय कारोवारहरुको व्यवस्थित रुपमा अभिलेख राख्ने कलाको रुपमा पनि व्याख्या गर्न सकिन्छ ।
R. N. Carter का अनुसार, ‘‘मुद्रा वा मौद्रिक मूल्यको हस्तान्तरणसँग सम्बन्धित सम्पुर्ण व्यावसायिक कारोवारहरुको खाताहरुमा शुद्ध तरिकाले अभिलेख राख्ने विज्ञान वा कलालाई लेखा अभिलेखन भनिन्छ ।’’ (Book Keeping is the science and art of correctly
recording in the books of account, all those business transactions that result
in transfer of money or money's worth.)
J. R. Batliboi का अनुसार, व्यावसायिक कारोवारहरुको विभिन्न वही वा कितावहरुमा अभिलेख राख्ने कला नै लेखा अभिलेखन हो । (Book-
keeping is the art of recording business dealing in a set of books.)
लेखा अभिलेखनलेखापालनका प्रमुख उद्देश्यहरु (Objectives of Book-keeping)
लेखा अभिलेखनलेखापालनका प्रमुख उद्देश्यहरु निम्नअनुसार रहेको छ ः
(क) वितिय कारोवारहरुको अभिलेख राख्ने (Identify Financial Transactions) ः
लेखा अभिलेखन ले वितिय अर्थात मौद्रिक मुल्यमा मापन गर्न सकिने कारोवारहरुको मात्र अभिलेख राख्दछ । अर्थात गैरमौद्रिक कारोवारहरुको अभिलेख राखिदैन ।
(ख) व्यवस्थित अभिलेख राख्ने (To Keep Systematic record) ः
वितिय कारोवारहरुलाई नियमित र व्यवस्थित रुपमा अभिलेख राख्न्छि । अस अन्तरगत गोश्वरा भौचर र विभिन्न किसिमका सहायक पुस्तकहरु तयारी गरि नियमसंगत र क्रमवद्ध रुपमा अभिलेखहरु राखिन्छ ।
(ग) कारोवारहरुको वर्गिकरण गर्न (To Classify the transactions) ः
व्यवसायिक कारोवारहरुलाई सामानताको आधारमा विभिन्न समुहमा विभाजन गरी विभिन्न खाताहरु तयार गरिन्छ ।
लेखा अभिलेखनका महत्व ( Importance of Book-keeping)
लेखा अभिलेखनलेखापालनका महत्वहरु निम्नअनुसार रहेको छ ः
(क) वितिय सुचना उपलब्धता (Provides Financial information) ः
लेखा अभिलेखनले व्यावसायमा भएगरेको सम्पुर्ण वित्तीय कारोवारहरुको नियमित र व्यवस्थित अभिलेख राख्ने भएकोले यसले व्यवसायको आम्दानी, खर्च, पूँजी, समम्ती, दायित्व लगायत अन्य वित्तय सुचनाहरु सजिलै उपलब्ध गराउन सहयोग गर्दछ ।
(ख) नाफा नोक्सान पत्ता लगाउन (Ascertaining profit and loss) ः
लेखाअभिलेखन ले व्यवसायको आम्दानी, लाभ, हानी, नोक्सनीको अभिलेख राख्नेभएकोले यसबाट सजिलै नाफा नोक्सान पत्तालगाउन सकिन्छ ।
(ग) वित्तीय अवस्थाको जानकारी (Knowledge of financial position) ः
लेखा अभिलेखले व्यवसायका स्वामित्वमा रहेका विभिन्न सम्पती, साहु, असामी र दायित्वहरुको अभिलेख राख्ने भएकोले यसवाट व्यवसायको वास्तविक वितीय अवस्था सजिलै पत्ता लगाउन सकिन्छ ।
No comments:
Post a Comment