प्रवर्धन भन्नाले के बुझिन्छ ?
What is Promotion?
प्रवर्धन भन्नाले उत्पान गरेका वस्तु वा सेवाको बारेमा सम्भाव्य ग्राहकहरुलाई सुचित गरी माग सिर्जना गर्ने कार्य हो ।
प्रवर्धनले ग्राहक तथा उपभोक्ताहरुलाई वस्तु खरिद गर्न उत्प्रेरित गर्र्ने कार्य गर्दछन् ।
उत्पादित वस्तु वा सेवाको विशेषता, उपयोगिता, गुण एवम् मूल्यको वारेमा विद्यमान र सम्भाव्य ग्राहकलाई प्रयाप्त सुचना दिएर वस्तु वा सेवाको माग सिर्जना गरिन्छ भने ति कार्यहरुलाई ने प्रवर्धन भनिन्छ ।
प्रवर्धन अन्तर्गत विज्ञापन, व्याक्तिागत विक्रय, विक्रय प्रवर्धन, प्रचार प्रसार र जनसम्पर्क पर्दछन् ।
Philop Kotler का अनुसार,‘‘लक्षित बजारमा आफ्ना वस्तु सञ्चार तथा विस्तार गर्न कम्पनी द्धारा गरिने सम्पुर्ण क्रियाकलापहरु प्रवर्धनमा समावेश हुन्छन् ।’’ (Promotion includes all the
activities the company undertakes to communicate and promote its products to
the target market.)
W. J. Stanton का अनुसार, ‘‘प्रवर्धन भनेको एउटा सङ्गठनको बजार सम्मिश्रणको त्यो तत्व हो, जसले सङ्गठन र उसको वस्तुबारे बजारलाई जानकारी दिने, विश्वास दिलाउने र स्मरण गराउने कार्य गर्दछ ।’’ (Promotion is the element in an organization's marketing mix that serves
to inform, persuade and remind the market of the organization and its product.)
संक्षेपमा, उत्पादित वस्तु वा सेवाको बारेमा ग्राहकलाई जानकारी दिई, विश्वास दिलाई, उत्प्रेरित गरी वस्तु वा सेवाको माग सिर्जना गर्ने क्रियाकलापलाई प्रवर्धन भन्न सकिन्छ ।
प्रवर्धनका महत्व
(Importance)
१. बृहत मात्रामा विक्री (Large Scale Selling)
२. प्रतिस्पर्धाको सामना गर्न (Facing Competition)
३. उत्पादक र उपभोक्ताबीचको दुरी कम गर्न (Filling the gap between producer and consumer)
४. व्यापारमा बढ्दो दवाव (Increased trade pressure)
५. अधिक रोजकारीका अवसरहरु (More employment)
६. उच्च स्तरको जीवनसैली (Higher standard of living)
७. प्रभावकारी विक्रीमा सहयोग (Effective sales support)
प्रवर्धनका तत्वहरु
Components of Promotion
१. विज्ञापन (Advertising)
ग्राहकको ध्यान आकर्षण गर्नको लागि सार्वजनिक रुपमा विज्ञापनका विभन्न माध्यमहरुद्धारा वस्तुको विविध पक्षको वारेमा जानकारी दिई वस्तु वा सेवा क्रय गर्न उत्प्रेरित गर्ने कार्यलाई विज्ञापन भनिन्छ ।
२. व्याक्तिग विक्रय (Personal Selling)
ग्राहकलाई प्रत्यक्ष रुपमा भेटेर कुराकानी गरी वस्तु वा सेवा खरिद गर्न प्रेरित गर्ने, विश्वास दिलाउने, समझाउने, आश्वासन दिने कार्यलाई व्याक्तिगत विक्रय भनिन्छ ।
३. विक्री प्रवर्धन (sales Promotion)
सम्भावित ग्राहक तथा लक्षित बजारलाई वस्तु तथा सेवा खरिद गर्न उत्प्रेरित गर्ने र डिलर तथा थोक व्यापारिहहरुलाई वस्तु वा सेवा विक्री गर्ने उद्देश्यले सञ्चालन गरिने प्रवर्धनका क्रियाकलापहरुलाई बिक्री प्रवर्धन भनिन्छ ।
४. प्रचार (Publicity)
वस्तु वा सेवको विभिन्न माध्यमद्धारा सम्वन्धित व्याक्ति समक्ष सञ्चार गरिन्छ भने त्यसलाई ने प्रचार प्रसार भनिन्छ । प्रचारको लागि विज्ञापनको जस्तो रकम तिरिदैन । प्रचारप्रसार विशेष लेख, शीर्षकिय फोटो, प्रेस सम्मेलन द्धारा सुचना आम सञ्चार माध्यमलाई उपलब्ध गराईन्छ ।
५. जनसम्पर्क (Public Relation)
सरोकारवालाहरु संगको सम्वन्धलाई जनसम्पर्क भनिन्छ । यस अन्तर्गत उपभोक्ता, अंशियार, सरकारी निकाय, सङ्संस्थाहरु पर्दछन् ।
No comments:
Post a Comment