विक्री प्रवर्धन भन्नाले के बुझिन्छ ?
What is Sales Promotion?
अधिक रुपमा वस्तु तथा सेवा विक्री गर्ने उद्देश्यले सञ्चालन गर्ने अल्पकालिन प्रवर्धन कार्यलाई विक्री प्रवर्धन भनिन्छ ।
लक्षित वजारलाई वस्तु वा सेवा खरिद गर्न उत्प्रेरित गर्ने र मध्यस्थ व्यापारिहरुलाई वस्तु वा सेवा विक्री गर्ने उद्देश्यले सञ्चालन गरिने प्रवर्धनका अल्पकालिन उपायहरुलाई विक्री प्रवर्धन भनिन्छ ।
विज्ञापन तथा व्याक्तिगत विक्रयको प्रभावकारिता अभिबृद्धि गर्न यो कहिले काही सञ्चालन गरिन्छ । सामान्यतया विक्री प्रवद्र्धनमा निम्न क्रियाकलापहरु समावेश गरिन्छ । जस्तै , सजावट, शो रुम, प्रदर्शनी मेलाहरु, प्रतियोगिता, पुरस्कार, वस्तुको निशुल्क नमुना, उपहार आदी । विक्री प्रवर्धन अन्तिम उपभोक्ताका लागि मात्र नभई खुद्रा व्यापारि, थोक व्यापारी र औधोगिक प्रयोगकर्तालाई प्रेरित गर्ने उद्देयले गरिन्छ ।
American Marketing Association का अनुसार, ‘‘विक्रय प्रवर्धन व्याक्तिगत विक्रय, विज्ञापन तथा प्रचारका अतिरिक्त ती सवै कार्यहरुलाई सम्मिलित गरिन्छ, जुन उपभोक्तालाई क्रय गर्न वा डिलरको प्रभावकारितालाई प्रोत्साहित गर्दछ, जस्तै सजावट, प्रदर्शनी एवम अरु अनेक प्रकारका निरन्तर नदेखिने क्रियाकलपाहरु आदी ।’’ ('Those marketing activities, other than personal selling, advertising
and publicity, that stimulate consumer purchasing and dealer effectiveness,
such as displays, shows and exhibitions, demonstration and various
non-recurrent selling efforts not in the ordinary routine.')
Philip Kotlar का अनुसार, ‘‘विक्री पर्वधनमा ग्राहक वा व्यवसायले कुनै खास वस्तु छिटो र धेरै खरिद गरुन् भन्ने ध्येयले अल्पकालिन कार्यक्रमद्धारा आकर्षित गर्न तयार पार्न विभिन्न उत्प्रेरण युक्त उपायहरु सञ्चालन गरिन्छ ।’’('Sales promotion consists of a diverse collection of incentive tools,
mostly short-term, designed to stimulate quicker and /or greater purchase of
particular product/ services by consumer or the trade.')
संक्षेपमा, वस्तु वा सेवाको अधिक माग बृद्दि गराउनको लागि अपनाईने अल्पकालिन प्रोत्साहनलाई विक्री प्रार्वधन भनिन्छ । विक्री प्रवर्धनले थोक व्यापारी, डिलर, खुद्रा व्यापारी, औधोगिक प्रयोगकर्ता तथा ग्राहकहरुमा वस्तु तथा सेवा खरिद गर्न प्रेरित गर्ने कार्य गर्दछन् ।
विक्री प्रवर्धनका महत्व
(Importance of Sales Promotion)
प्रतिस्पर्धात्मक वजारमा आफ्ना वस्तु तथा सेवाको सम्वन्धमा सम्भावित ग्राहक समक्ष परिचित गराई माग सिर्जना गर्नु प्रवर्धनको महत्पुर्ण कार्य हो । व्यासायिक सङ्गढनका लागि प्रवर्धनको महत्पुर्ण भुमिका रहेका हुन्छन् । बुंदागत रुप्मा विक्री प्रवर्धनका महत्वहरु निम्न अनुसार रहोको छ ः
१. माग बृद्धि (Stimulates Demand)
२. सुचनाको प्रवाह (Spreads Information)
३. विक्री परिमाणमा (Stabilization of Sales Volume)
४. ग्राहकको सन्तुष्टि (Customers' Satisfaction)
५.वस्तु परिचत गराउनु (Creates Product Identity)
६. कार्य मूल्याङ्न (Performance evaluation)
विक्री प्रवर्धनका विधीहरु विक्री (Methods of Sales Promotion)
प्रवर्धनका विधीहरुलाई निम्नअनुसार व्याख्या गर्न सकिन्छ ः
(क) उपभोक्ता प्रवर्धन(Consumer Promotion)
उपभोक्ताहरुलाई वस्तु क्रय गर्नका लागि प्रेरित गर्ने उद्देश्यबाट गरिने अल्पकालिन प्रयास एवम उपायहरुलाई उपभोक्ता प्रवर्धन भनिन्छ । उपभोक्ता प्रवर्धनका प्रमुख विधिहरु निम्नअनुसार रहेको छ ः
१. नमुनाहरु (Samples)
२. प्रिमियम (Premium)
३. उपभोक्ता प्रतियोगिताहरु (Customer Contents)
४. प्रदर्शन (Demonstration)
५. कुपन (Coupons)
६. छुट (Discount)
७. विनिमय प्रस्ताव (Exchange offer)
(ख) व्यापार प्रवर्धन (Trade Promotion)
मध्यस्थहरुलाई अधिक परिमाणमा वस्तु क्रय गरी विक्री गर्नका लागि प्रोत्साहित गर्ने उद्देश्यले गरिने अल्पकालिन प्रयास एवम उपायहरुलाई व्यापार प्रवर्धन भनिन्छ । व्यापार प्रवर्धनका मुख्य विधिहरु निम्नअनुसार रहेका छन् ः
१.निशुल्क वस्तु (Free Goods)
२. व्यापारिक भत्ता (Merchandise Allowance)
३. त्रय भत्ता (Buying Allowance)
४. डिलर सुचि प्रवर्धन(Dealer Listing Promotion)
५. डिलर प्रिमियम (Dealers Premium)
६. उपहार (Gifts)
७. वित्तीय सहायता (Financial Assistance)
(ग) विक्री जनशक्ति प्रवर्धन (Sales Force Promotion)
विक्री कार्यमा संलग्न जनशक्तिहरुलाई बठी भन्दा बठी वस्तु विक्री गर्नको लागि प्रोत्साहित तथा मानोवल र हौसला बृद्धि गर्ने उद्देश्यबाट गरिने अल्पकालिन प्रयास एवम् उपायहरुलाई विक्री जनशक्ति प्रवर्धन भनिन्छ ।
विक्री जनशक्ति प्रवर्धन विधिहरु यसप्रकार छन् ः
१ .बोनस तथा कमिशन (Bonus and Commission)
२. विक्री जनशक्ति प्रतियोगिताहरु (Sales Force Contests)
३. उपहारहरु (Gifts)
४. विक्री सभा (Sales Meeting)
५. प्रवर्धनात्मक उपकरणहरु (Promotional Kits)
No comments:
Post a Comment