Wednesday, April 15, 2020

Memorandum, Article of Associal and Prospects (प्रवन्ध पत्र, नियमावली र विवरणपत्र) in Nepali

प्रवन्ध पत्र (Memorandum of Association)


प्रवन्धपत्र कम्पनीको मुल कानुन हो जसको आधारमा नै कम्पनीले आफ्ना हरेक क्रियाकलापहरु सञ्चालन गर्दछ ।

प्रवन्धपत्र कम्पनीको सवै भन्दा महत्वपूर्ण प्रलेख हो । यसले कम्पनीको उदेश्य तथा अधिकारको वर्णन गर्नुका साथै कम्पनीको अन्य पक्षहरु संगको सम्बन्ध व्यवस्थित गर्दछ । यसलाई कम्पनीको संविधानको रुपमा लिन सकिन्छ । प्रवन्धपत्र तयार पार्दा होसियारी पूर्वक तयार गर्नु पर्दछ किन कि यसलाई कम्पनीको मूल कानुनको रुपमा लिईन्छ यसमा कम्पनीको नाम, ठेगाना, उदेश्य, पूजी, दायीत्व, सम्झौता जस्ता अति आवश्यक कुराहरु समावेस गरिएको हुन्छ ।

प्रवन्धपत्रमा समावेस हुने महत्वपूर्ण वुँदाहरु निम्नानुसार छनः
क) कम्पनीको नाम
ख)कम्पनीको मूख्य कार्यालय रहने ठेगाना
ग) कम्पनीको उदेश्य
घ) कम्पनीको उदेश्य प्राप्त गर्न गरिने प्रमुख कार्यहरु
ङ) अधिकृत पूजी
च) शेयर पुजीको प्रकार तथा शेयरको संख्या
छ) जारी पुजि
ज) शेयरको हस्तान्तरण तथा विक्रिमा लगाईएको वन्देज
झ) संस्थापकहरुले लिनुपर्ने शेयरको संख्या
ञ) दायीत्व सम्वन्धि व्यवस्था
ट) सम्झौता
ठ) अन्य आवश्यक दफाहरु

नियमावली (Articles of Association)

नियमावली कम्पनीको दोश्रो महत्वपूर्ण प्रलेख हो । यो कम्पनीको आन्तरिक कार्य सञ्चालन सम्वन्धि नियमहरुको संगालो हो । यसलाई प्रवन्ध पत्रको आधारमा तयार पारिन्छ । नियमावलीले प्रवन्ध पत्रमा उल्लेखित उदेश्यहरु हासिल गर्नका लागि व्यवसाय सञ्चालन गर्ने विधि तथा तरिका हरु परिभाषित गर्दछ ।
कम्पनी ऐन २०६३ अनुसार नियमावलीमा समावेसहुने प्रमुद वुदाहरु निम्नानुसार छनः
सञ्चालकहरुको संख्या तथा कार्य अवधि
सञ्चालकले खरिद गर्नु पर्ने न्यूनतम शेयरको संख्या
पुर्वाधिकार शेयरधनीहरुको विशेषाधिकार तथा प्रतिवन्ध
प्रवन्ध सञ्चालकको काम तथा कर्तव्य
सञ्चालकहरुको पारिश्रमिक तथा सुविधा सम्वन्धि व्यवस्था
सञ्चालक समितिको गणपुरक संख्या
कम्पनी सचिवको नियूक्ति
सञ्चालकहरुको संख्या, वैकल्पिक सञ्चालकको व्यवस्था भए सो कुरा र सञ्चालकको कार्यकाल
अन्य आवश्यक कुराहरु

विवरणपत्र (Prospects)

सार्वजनिक कम्पनीले आफ्नो शेयर तथा ऋणपत्र खरिद गर्नको लागि सर्वसाधारणलाई गरेको आवह्वान वा विज्ञापन नै विवरणपत्र हो । विवरण पत्रको प्रमुख उदेश्य कम्पनीको वारेमा सर्वसाधारणलाई जानकारी प्रदान गरि उनिहरुलाई कम्पनीमा लगानी गर्न आकर्षीत गर्नु हो ।
 कम्पनी ऐन २०६३ अनुसारविवरणपत्रमा समावेसहुने महत्वपूर्ण वुँदाहरु निम्नानुसार छन्ः
कम्पनीको प्रमुख उदेश्य
प्रवन्ध पत्र र नियमावलीमा भएका प्रमुख कुराहरु
सञ्चालकहरुले लिएको शेयरको संख्या  तथा उनिहरुको तलव भत्ता
अण्डरराईटिङ दस्तुर
आर्थिक प्रतिवेद हेर्न पाईने समय र स्थान
कम्पनीको वित्तिय अवस्था
प्रवन्ध पत्र तथा नियमावली प्राप्त गर्न सकिने ठाँउ
सञ्चालकहरुको नाम तथा ठेगाना
वोनश शेयर सम्वन्धि व्यवस्था
शेयर वाँडफाँड को सुचना प्रकाशित हुने समय
लेखापरिक्षकको नाम तथा लेखापरिक्षण प्रतिवेदन
धितोपत्र कारोवार गराउने संस्थाको नाम
जारी पूजिको ५%भन्दा वढि शेयर खरिद गर्ने शेयरधनी हरुको नाम
अन्य आवश्यक कुराहरु


No comments:

Post a Comment