Wednesday, April 15, 2020

Sole Trading Concern (एकलौटी व्यवसाय) in Nepali


कुनै एक जना व्यक्तिले मात्र पुजि लगानी गरि आफ्नै व्यवस्थापन तथा नियन्त्रण मा संचालित व्यवसायलाई नै एकलौटी व्यवसाय भनिन्छ । (Sole trading concern is a form of business organization in which an individual invest capital and manages all  the activities of the business organization him/hersef.)


L.H. Haney का अनुसार “एकलौटी व्यवसायीक संगठन त्यस्तो प्रकारको व्यवसायीक संगठन हो जसको प्रमुख एकजना व्यक्ति हुन्छ र जो सवै कार्यको लागि उत्तरदायी हुन्छ, व्यवसाय सञ्चालन गर्न निर्देशन दिन्छ र व्यवसाय असफल भएमा त्यसको जोखिम ऊ एक्लैले वहन गर्छ ।” (The individual proprietorship is the form of business organization on the head of which stands an individual as the one who is responsible, who directs its operations, who alone runs the risks of failure.)

Edward T. Elbourne का अनुसार, ‘‘एकल स्वामित्व एउटै व्यक्तिद्धारा स्थापना र सञ्चालन गरिने व्यावसाय हो, जसको सम्पुर्ण वित्तीय तथा प्रशासनिक दायित्वहरु सोही व्याक्तिले नै आवश्यक्ता अनुसार सहयोगिहरु नियुक्त गरी बहन गर्दछ । (A business initiated and operated by one individual who carries all financial and administrative responsibilities employed such assistants as may be necessary.) 

व्यक्तिगत रुपमा सम्पुर्ण जोखिम आफैवहन गर्ने गरि एकल स्वमित्व व्यवस्थापन र नियन्त्रणमा सञ्चालित व्यवसायलाई एकलौटी व्यवसाय भनिन्छ । यस्तो व्यवसायको पृथक कानुनी अस्तित्व हुदैन । थोरै पुजि, सिप र प्रविधि आवस्यक पर्ने साना खालका व्यवसायको लागि यो उपयुक्त हुन्छ ।

एकलौटी व्यवसायका विशेषताहरु (Features of Sole Trading Concern)

१. एकल स्वमित्व (Sole Ownership)
२. एकल व्यवस्थापन (Sole management)
३. असिमित दायीत्व (Unlimited Liability)
४. छुट्टै कानुनी अस्तित्व नहुनु (No separate legal entity)
५. नाफा नोक्सान वाँडफाड नहुने (Not divisible profit)
६. मालिकलाई वढि स्वतन्त्रता (Freedom to owner)
७. सिमीत कानुनी औपचारिकता (Limited legal formalities)
८. सिमित कार्यक्षेत्र (Limit scope)
९. गोप्यता (Secrecy)

एकलौटी व्यवसायका फाईदाहरु (Advantages of Sole Trading Concern)

१. स्थापना तथा विघटन गर्न सजिलो (Easy to establish and disclose)
२. शिघ्र निर्णय (Prompt decision)
३. लचिलोपना (Flexibility)
४. गोप्यता (Secrecy)
५. प्रभावकारी व्यवस्थापन तथा नियन्त्रण (Effective management and control)
६. मितव्ययी (Economy)
७. काम गर्न उत्प्रेरणा (Motivate to work)
८. व्यक्तिगत स्वतन्त्रता (Freedom)
९. ग्राहक संग असल सम्वन्ध (Good relation to customer)

एकलौटी व्यवसायका वेफाईदाहरु (Disadvantage of Sole Trading Concern)

१. सिमित पुजि (Limited capital)
२. असिमित दायीत्व (Unlimited Liability)
३. सिमीत व्यवस्थापकिय क्षमता (Limit Managerial Capacity)
४.अस्थायी अस्तित्व (Uncertain life)
५. गलत निर्णयको सम्भावना (Chances of wrong decision)
६. सीमित जनसम्पर्क (Limit Public Relation)
७. अनुपस्थितीमा घाटा (Loss on Absence)
८. ऋण लिन कठिनाई (Difficult to take loan)
९. विशिष्टीकरणको अभाव (Lack of Specialization)
१०. छुट्टै अस्तित्व नहुनु (Lack of Separate Entity)

No comments:

Post a Comment