Thursday, April 16, 2020

Business Environment ( व्यवसायिक वातावरण ) in Nepali



व्यवसायिक क्रियाकलापहरुलाई प्रत्यक्ष र अप्रत्यक्ष रुपमा प्रभाव पर्ने सम्पुर्ण तत्वहरु तथा परिवेशलाई नै व्यवसायिक वातावरण भनिन्छ । 

(Business environment is concerned with these internal and external factors which influence the business activities. It provides opportunities and challenge to the business organization.)

व्यवसायको वरिपरी रहेको परिवेश नै वातावरण हो जसले व्यवसायलाई असर पार्दछ । वातावरणिय परिवेश अनुसार व्यवसायले आफ्ना गतिविधीहरु सञ्चालन गरिन्छ । 

कीथ डेबिस (Keith Devis) को अनुसार, ‘‘व्यावसायिक वातावरण भनेको सवै अवस्थाहरु, घटनाहरु तथा प्रभावहरुको जोड हो जसले व्यवसायलाई घेरेको एवं असर पारेको हुन्छ ।’’ (Business environment is the aggregate of all conditions, events and influence that surround and affect a business.)

फिलिप कोटलर (Philip Kotler)  का अनुसार, ‘‘व्यावसायिक वातावरणले फर्मको व्यावस्थापनका कार्यहरुभन्दा बाहिरका सञ्चालनकर्ता एवम् शक्तिहरुलाई समेट्छ जसले लक्षित उपभोक्ताहरुसंगको कारोवारलाई विकास एवम् कायम गर्ने व्यवस्थापनको क्षमतालाई प्रतिकुल प्रभाव पार्दछ ।’’ (Business environment consists of the actors and forces external to the business management function of the firm that impinge on the business management's ability to develop and maintain successful transactions with its target consumers.)

रबिन्स तथा कौल्टर (S. P. Robbins and Mary Coulter) का अनुसार, ‘‘संगठनको कार्य सम्पादनमा प्रभाव पर्ने संस्थाहरु वा शक्तिहरुलाई नै वातावरण भनिन्छ ।’’ (Environment refers to institutions of forces that affect the organizations performance.)

संक्षेपमा, व्यावसाय संचालनको क्रियाकलापमा प्रत्यक्ष र अप्रत्यक्ष रुपमा प्रभाव पार्ने शक्ति तथा तत्वहरुलाई व्यावसायिक वातावरण भनिन्छ । व्यावसायिक वातावरणवा नै व्यावसायले सवलता, दुर्वलता, चुनौति र अवसरहरु प्राप्त गर्दछन् । 

व्यवसायिक वातावरणका तत्वहरु (Components of Business Environment)

व्यवसायलाई प्रभाव पर्ने तत्वहरुलाई निम्न अनुसार व्याख्या गर्न सकिन्छ ः

१. आन्तरीक वातावरण (Internal Environment)

संगठनले नियन्त्रण गरी आफु अनुकुल कार्यसम्पादनमा प्रयोग गर्ने तत्वहरुलाई आन्तरीक वातावरण भनिन्छ । आन्तरीक वातावरणले संगठनलाई सवलता एवं दुर्वलता प्रदान गर्दछ । 
आन्तरीक वातावरण अन्तर्गत निम्न तत्वहरु पर्दछन ः 
(क) संगठनात्मक लक्ष्य , नीति एवं रणनीतिहरु (Organizational goals, policies and strategies)
(ख) संगठनात्मक संसाधन (Organizational Resources)
(ग) संगठनात्मक संरचना (Organizational Structure)
(घ) संगठनात्मक संस्कृति (Organizational Culture)

२. बाह्य वातावरण (External Environment)

बाह्य वातावरण भन्नाले संगठन भन्दा वहिरका शक्ति वा संस्थाहरु जस्ले व्यवसायको कार्यसम्पादनमा प्रभाव पार्दछन । यस्ता तत्वहरुलाई व्यवस्थापनले नियन्त्रण गर्न सक्दैन । व्यवसाय स्यंम ती वातावरणीय तत्व अनुकुल भएर कार्य सम्पादन गर्नुपर्ने हुन्छ ।

बाह्य वातावरणलाई दुई समुहमा विभाजन गर्न सकिन्छ ः
(क) सामान्य वातावरण (General Environment)  ः व्यापक रुपमा फैलिएका व्यवसायका वातावरणहरुलाई सामान्य वातावरण भनिन्छ । यो समष्टिगत वातावरण हो जुन देशव्यापि रुपमा फैलिएको हुन्छ । यस अन्तर्गत निम्न वातावरणहरु पर्दछन् ः
(क) आर्थिक वातावरण (Economic Environment)
(ख) राजनीतिक वातावरण  ( Political Environment)
(ग) कानूनी वातावरण (Legal Environment)
(घ) सामाजिक साँस्कृतिक वातावरण (Socio-Cultural Environment)
(ङ) प्राविधिक वातारण (Technical Environment)
(च) भौतिक तथा प्राकृतिक वातावरण(Physical / Natural Environment)

(ख) कार्य वातावरण (Task Environment)  ः संगठनको कार्यसम्पादन संग प्रत्यक्ष सम्बन्ध राख्ने बाह्य वातावरणीय तत्वहरुलाई कार्य वातावरण भनिन्छ । यसलाई सञ्चालन वातावरण (Operating Environment) र प्रतिस्पर्धात्मक वातावरण (Competitive Environment) पनि भनिन्छ । यस अन्तर्गत निम्न वातावरणीय तत्वहरु पर्दछन् ः
(क) ग्राहक (Customer)
(ख) आपूर्तिकर्ता (Suppliars)
(ग) प्रतिस्पर्धा (Competitors)
(घ) सरकारी निकाय (Government Agencies)
(ङ) दवाव समुह (Pressure Group)
(च) वित्तीय संस्थाहरु (Financial Institution)


व्यवसायिक वातावरणको विशेषताहरु (Features of business environment)

व्यवसायिक वातावरणका विशेषताहरुलाई निम्नअनुसार वुंदागत रुपमा उल्लेख गर्न सकिन्छ ः 
(क) गतिशीलता (Dynamic)
(ख) जटिलता (Complex)

(ग) अनिश्चितता (Uncertainty)
(घ) बहुआयामिक (Multidimensional)  
(ङ) दिर्धकालिन प्रभाव (Long-term effect)


Sources;
 Pant, Prem R. & Others (2016).Business Studies Grade II, Kathmandu: Buddha Publications Pvt. Ltd.
KC, Phatabahadur(2068). Introduction to Business Studies, Kathmandu: Vidyarthi Pustak Bhandar.
Sharma, Pushparaj. (2071). Business Studies Class 11, Kathmandu: Buddha Academic Enterprises Pvt. Ltd.
Pokharel, Dhrubraj & Others (2073). Business Studies,  Kathmandu: Asmita Books Publishers and Distributors(p) Ltd.

No comments:

Post a Comment