Thursday, April 16, 2020

Definition of Management (व्यवस्थापनकाे परिभाषा)



आजको गतिशील वातावरणमा संगठनको उद्देश्यहरु प्रभावकारी एव्म कुशलता का साथ हासिल गर्न अरु व्याक्तिहरुद्धारा र तिनिहरुसंग मिलेर काम गर्ने, गराउने प्रकृया, कला वा कार्यलाई व्यवस्थापन भनिन्छ । 

व्यावस्थापनले पुर्व निर्धारित उद्देश्य प्राप्तीका लागि साधनहरुको योजना गर्ने, संगठन गर्ने, नियन्त्रण गर्ने र समनव्य गर्ने कार्य गर्दछन् । व्यवस्थापनको सम्वन्धमा विभिन्न विद्वानहरुले भिन्नाभिन्नै परिभाषा दिएकाछन् जस मध्ये केहि परिभाषाहरु यहाँ उल्लेख गरिएको छ । (Management is to plan, direct, co-ordinate and controls the efforts of people working in an organization to achieve pre-determined objective of the organization.)

Henry Foyal का अनुसार, ‘व्यवस्थापनका भनेको पूर्वानुमान गर्नु तथा योजना वनाउनु, संगठीत गर्नु, आदेश दिनु , समन्वय गर्नु तथा नियन्त्रण गर्नु हो ।’ (To manage is to forecast and plan, to organize, to command, to coordinate and to control.)

त्यसै गरी Cloud S. George  का अनुसार, ‘व्यवस्थापनको तातपर्य अन्य व्यक्तिहरुद्धारा कार्य सम्पन्न गर्नु हो, व्यवस्थापक त्यो व्याक्ती हो जसले अरुको प्रयासलाई निर्देशन गरी उद्देश्यहरु प्राप्त गर्दछ ।’ (Management consists of getting things done through others, a manager is one who accomplishes objectives by directing the efforts of others.)

यी माथी उल्लेखित परीभाषावाट यावस्थापन भन्नाले उद्धेश्य हासिल गर्नको लागी योजना, संगठन, कर्मचारी नेतृत्व तथा नियन्त्रणको माध्यम प्रयोग गरेर मानिस संग मिलेर एवं उनिहरुद्धारा काम गर्ने गराउने कला हो भन्न सकिन्छ । 

कला, प्रकृया, विषय एवं सज्ञाको रुपमा व्यावस्थापन
(Management as Noun, Discipline and Process) 

(क) सज्ञाको रुपमा (As a noun)  

संगठनको उद्देश्य पुरा गर्ने, निति निर्माण गर्ने, सुपरिवेक्षण गर्ने तथा नियन्त्रण गर्ने कार्यमा संलग्न भएका सम्पुर्०ा व्यक्तिहरुको समुहलाई व्यावस्थापन भनिन्छ । जस्तै ः सञ्चालन समिती, प्रवन्ध निर्देशक, महाप्रवन्धक, विभागिय प्रमुख, शाखा प्रमुख आदिको समुहलाई व्यवस्थापन भनिन्छ ।

(ख) विषयको रुपमा ः (As a Discipline)

अन्य विषय जस्तै व्यावस्थापनका विशिष्ट सिद्धान्तहरु तथा व्यावहारलाई औपचारिक शिक्षाका माध्ययमबाट कलेज एवमं विश्वविधालयमा सिक्न र सिकाउने विषय वन्न पुगेको छ । व्यवसायिक प्रविधि एवम सांगठनिक प्रारुपको जटिलता, विशिष्टिकृत एवम प्रतिस्पर्धाका कारणले व्यावस्थापन विषयका रुपमा विकसित हुन पुगेको छ । 

(ग) प्रक्रियाको रुपमा ः (As a process)

प्रक्रियाको रुपमा व्यवस्थापनले मानविय तथा गैर मानविय श्रोतहरुको कुशलतापुर्वक उपयोग गर्र्दै संगठनको उद्देश्य हासिल गर्न समपन्न गरिने योजना, सङ्गठन, आदेश, नियन्त्रण एवम समन्वय लगायतका व्यावसथापकिय कार्यहरुको अन्तर सम्वन्ध र अनतरनिर्भभरतालाई जनाउदछ । 

व्यवस्थापनका विशेष्ताहरु (Characteristics of Management)     

व्यावस्थापनको परिभाषा, धारण एवम अर्थको आधारमा व्यवस्थापनका विशेष्ताहरुलाई निम्न अनुसार उल्ल्ेख गर्न सकिन्छ ः

(१) सर्वव्यापी क्रियाकलाप (Universal activities)

व्यवस्थापन साना ठुला, सरकारी वा गैरसरकारी , नाफामुलक वा गैरनाफामुलक, जुनसुकै संगठनमा पनि संगठनको उद्देश्य प्राप्तीको लागि आवशयक पर्दछ । जसलेगर्दा व्यवस्थापनलाई सर्वव्यापी क्रियाकलापको रुपमा लिन सकिन्छ । 

(२) पृथक प्रक्रिया (Distinct process)

व्यवस्थापनले उपलव्ध भएका सिमित मानविय तथा गैरमानविय साधन श्रोतहरुलाई व्यवस्थित ठंगवाट प्रभावकारी रुपले प्रयोग गरी संगठनको उद्देश्य पुरा गर्न विभिन्न व्याक्तिहरुको प्रयासमा समन्वय स्थापित गरी सामुहिक प्रयासमा संगठनको उद्देश्य पुरा गराउने विशिष्ट प्रक्रिया हो । 

(३) लक्ष्यमूखी (Goal Oriented)

व्यवस्थापन का सम्पुर्ण क्रियाकलापहरु संगठनको पूर्वनिर्धारित लक्ष्य हासिल गर्र्र्ने तर्फ लक्षित रहेको हुन्छ । त्यसैले एउटा प्रभवकारी व्यवस्थापन  जहिले पनि संगठनको निर्धारित लक्ष्य प्राप्ती तर्फ निर्देशित भईरहेको हुन्छ । 

(४) कला, विज्ञान र पेशा (Art, Science and Profession)

व्यावस्थापन कला, विज्ञान र पेशाको समष्टिगत रुप हो । व्यवस्थापन एउटा कला हो किनभने यसले प्राप्त गर्ने नतिजाहरु व्यवस्थापकले अन्य व्यक्तिहरुलाई काममा लगाउन सक्ने दक्षता र शिपमा भर पर्दछ । व्यवस्थापनका सिद्धान्तहरुलाई विवेचना गर्ने, वैज्ञानिक तरिकावाट विकास गर्न र सवै संगठनहरुमा प्रयोग गर्न सकिने भएकोले यसलाई एउटा विज्ञानको रुपमा लिएको छ । त्यसै गरी व्यपस्थापनका विशिष्ठ ज्ञान, सिद्धान्त र प्रविधिहरुलाई अरुलाई सिकाई साँगठनिक उद्धेश्य हासिल गर्न प्रयोग गर्न सकिने भएकोले यसलाई एउटा पेशाको रुपमा पनि मान्न सकिन्छ । 

(५) सामुहिक कार्य (Group Activities)

व्यवस्थापन एउटा सामुहिक कार्य हो । संगठनमा प्रत्यक्ष र अप्रत्यक्ष रुपमा रहेका सम्पुर्ण व्याक्तिहरुको व्यक्तिगत प्रयासलाई एकिकृत गरी संगठनको उद्देश्य हासिल गर्न व्यवस्थापन लक्षित भएको हुन्छ । त्यसकारण व्यवसायलाइ एउटा सामुहिक कार्यको रुपमा हेरिन्छ । 

(६) गतिशिलता (Dynamic)

व्यवस्थापन निरन्तर रुपमा सम्पादन गरिरहने कार्य हो । परिवर्तित परिस्थीति अनुसार व्यवस्थापनले आफ्ना सिद्धान्त, निति नियम एवम प्रविधिलाई परिवर्तन गर्दै संगठनको उद्देश्य प्राप्तीको लागी निरन्तर चलिरहने प्रक्रिया हो । 

(७) बहुमुखी विषय (Multidisciplinary)

व्यवस्थापनले अर्थशास्त्र, मनोविज्ञान, समाजशास्त्र, तथ्याङ्क शास्त्र आदी विषयहरुको ज्ञान र धारणालाई समावेश गरी एकिकृत ढंगवाट संगठनको प्रवन्ध गरेको हुनाले व्यवस्थापनलाई एउटा वहुमूखी विषय भनेको हो । 

(८) अधिकारको प्रणाली (System of Authority)

व्यवस्थापन एउटा अधिकार प्रणालीमा चल्ने प्रक्रिया हो । किनभने कुनैपनी समस्या समाधान गर्न वा निर्णय लिनको लागि व्याक्ति विशेषमा केही अधिकार अन्तरनिहित रहनु पर्दछ अनि मात्र सो व्याक्तिले निर्णय लिन सक्छ । 

ब्यवस्थापनका कार्य (Functions of  Management)

व्यवस्थापनका कार्यहरुलाई बुँदागत रुपमा निम्न अनुसार व्याख्या गर्न सकिन्छ ः 
(क) योजना तर्जूमा (Planning)
(ख) संगठन गर्नु (Organizing)
(ग) कर्मचारी व्यवस्थापन गर्नु (Staffing)
(घ) निर्देशन गर्नु (Directing)
(ङ) नियन्त्रण गर्नु (Controlling)

Sources;
 Pant, Prem R. & Others (2016).Business Studies, Kathmandu: Buddha Publications Pvt. Ltd.
KC, Phatabahadur(2068). Introduction to Business Studies, Kathmandu: Vidyarthi Pustak Bhandar.
Sharma, Pushparaj. (2071). Business Studies, Kathmandu: Buddha Academic Enterprises Pvt. Ltd.
Pokharel, Dhrubraj & Others (2073). Business Studies,  Kathmandu: Asmita Books Publishers and Distributors(p) Ltd.


No comments:

Post a Comment