व्यवसायको सामाजिक उत्तरदायीत्व भन्नाले व्यवसायले समाज प्रति पुरा गर्नु पर्ने दायीत्व भन्ने वुझिन्छ । यो व्यवसायको त्यो सोच हो जसले समाजमा सु–व्यवस्था, असल नीति, स्थिरता, शक्ति वढाउछ । समाजका रहेका विभिन्न पक्षहरु जस्तै ग्राहक, लगानीकर्ता, कामदार, समुदाय तथा सरकार प्रति व्यवसायले विभिन्न जिम्मेवारी वहन गर्नु पर्ने हुन्छ ।
Keith Davis का अनुसार, “व्यवसायको सामाजिक उत्तरदायीत्वले कमसेकम आंशिक भएपनि संस्थाको प्रत्यक्ष आर्थिक तथा प्राविधिक हित भन्दा माथि उठि व्यवसायी ले निर्णय तथा कदमहरु चाल्दछन भन्ने कुरालाई जनाउछ ।” (Social
responsibility of business implies that the businessman's decisions and actions
taken for reasons at least partially beyond the firm's direct economic or
technical interest.)
J. L. Paluszek का अनुसार, “संस्थागत सामाजिक उत्तरदायीत्वले समाजमा कम्पनीको कृयाकलापको प्रभावलाई विशेष ख्याल गर्दछ ।” (Corporate
social responsibility is seriously considering the impact of the company's
activities in society.)
संक्षेपमा, व्यवसायले समाजमा रहेका विभिन्न पक्षहरु प्रति निर्वाह गर्नु पर्ने जिम्मेवारीहरु नै सामाजिक जिम्मेवारी वा उत्तरदायीत्व हो ।
विभिन्न सरोकारवालाहरु प्रति व्यवसायको सामाजिक उत्तरदायीत्व
१. लगानी कर्ता प्रतिको उत्तरदायीत्व (Social Responsibility towards Investors)
कुनै पनि व्यवसायमा प्रतिफलको आश लिएर लगानी गर्ने व्यक्ति वा संस्थालाई लगानी कर्ता भनिन्छ। लगानी कर्ताहरु प्रतिको उत्तरदायीत्व निम्नानुसार छन्ः
- लगानीको उचित सदुपयोग
- लगानीमा उपयूक्त र नियमित लाभांश दिने
- सहि सुचना प्रवाह गर्ने
- पूँजी अभिवृद्धि
- असल व्यवहार
- निर्णय प्रकृया तथा नीति निर्माण प्रकृयामा सहभागि
२. ग्राहक प्रतिको उत्तरदायीत्व (Social Responsibility towards Customers)
- न्यूनतम मूल्यमा गुणस्तरिय वस्तु प्रदान गर्नु
- वस्तुको सहि नाप तौल
- वस्तु वा सेवाको वारेमा सहि प्रचार प्रसार गर्नु
- विक्रि अघि र पछिको सेवा प्रदान गर्नु
- असल व्यवहार गर्नु
- ग्राहकको चाहना आवश्यकता र माग अनुसारको वस्तु उत्पादन तथा वितरण गर्नु
३. कामदार वा कर्मचारी प्रतिको उत्तरदायीत्व (Social Responsibility towards Employees)
- उचित पारिश्रमिक तथा सुविधा प्रदान गर्ने
- काम गर्ने उचित कार्यवातावरण उपलव्ध गराउने
- निर्णयकार्यमा सहभागि गराउने
- तालीम, भ्रमण तथा शिक्षा का अवसर प्रदान गर्ने
- उचित कर्मचारी नीति वनाउने
- श्रम संगठन मा भागलिने अवसर दिने तथा श्रम संगठनहरु संग राम्रो सम्वन्ध कायम गर्ने
४. समुदाय प्रतिको उत्तरदायीत्व (Social Responsibility towards Community)
- पर्यावरणको सुरक्षा
- रोजगारीको अवसर प्रदान गर्नु
- सामाजिक संस्कृतिक सम्वन्ध वलियो वनाउनु
- सवै धर्म , वर्ग, जाती, समुदाय हरु प्रति समान व्यवहार गर्नु
- समाजका विभिन्न क्षेत्रहरु जस्तैः शिक्षा, स्वास्थ्य, सरसफाई जनचेतना आदिमा सहयोग पुर्याउनु
५. सरकार प्रतिको उत्तरदायीत्व (Social Responsibility towards Government)
- सरकारी नियम कानुनअनुसार चल्नु
- सरकारलाई तिर्नु पर्ने शुल्क, महसुल तथा करहरु समयमै तिर्ने
- राष्ट्रिय समास्या समाधान गर्न सरकारलाई सहयोग गर्ने
- देशको आर्थिक विकासमा मद्धत गर्ने
- अवैध व्यापारीक कार्यहरु नगर्नु
६. आपुर्तिकर्ताहरु प्रतिको उत्तरदायीत्व (Social Responsibility towards Suppliers)
- समयमै उधारो भुक्तानी गर्ने
- खरिद आदेश दिदा केहि समय अगाडि नै दिने
- वजारको वारेमा सहि सुचना दिने
- आवश्यकता अनुसार आर्थिक सहयोग गर्नु
Sources;
Pant, Prem R. & Others (2016).Business Studies, Kathmandu:
Buddha Publications Pvt. Ltd.
KC, Phatabahadur(2068). Introduction to Business Studies, Kathmandu:
Vidyarthi Pustak Bhandar.
Sharma, Pushparaj. (2071). Business Studies, Kathmandu: Buddha
Academic Enterprises Pvt. Ltd.
Pokharel, Dhrubraj & Others (2073). Business Studies,
Kathmandu: Asmita Books Publishers and Distributors(p) Ltd.
No comments:
Post a Comment