व्यवसाय भन्नाले मुनाफा आर्जन गर्ने उद्दश्यले सञ्चालन गरिने मानविय आर्थिक क्रियाकलापहरु व्यवसाय हुन् । अत् व्यवसायिक गतिविधि संग सम्बन्धित सम्पुर्ण क्रियाकलापहरुलाई नै यसको क्ष्ोत्र वा अंगको रुपमा लिन सकिन्छ । जसलाई निम्न अनुसार व्याख्या गर्न सकिन्छ ।
१. उधोग (Industry)
कच्चा पदार्थको प्रयोग गरि वस्तु उत्पादन गर्ने वा विभिन्न श्रोत तथा प्रविधि प्रयोग गरि प्रशोधन तथा उत्खनन कार्यमा संलग्न व्यवसायलाई उधोग भनिन्छ । उधोगलाई निम्न अनुसार विभाजन गर्न सकिन्छ ः
(क) प्राथमिक उधोग (Primary Industry)
प्रकृति श्रोतसाधनहरुवाट सञ्चालित उधोगहरुलाई प्राथमिक उधोग भनिन्छ । यसले वस्तु उत्पादन गर्नेको लागि प्रकृतिमा उपलब्ध निशुल्क वस्तुहरुलाई कच्चा पदार्थको रुपमा प्रयोग गरिन्छ ।
१) उत्खनन् उधोग (Extractive Industry) ः
मानविय सिप तथा प्रविधि प्रयोग गरि पृथ्वीमा उपलव्ध श्रोत हरु (जस्तैः हावा,पानी, जंगल, माटो आदि) वाट वस्तु उत्पादन गर्ने उधोग नै उत्खनन उधोग हो । जस्तैः कोईला उधोग, फलाम उधोग, पेट्रोलीयम पदार्थ, पानीवाट माछा निकाल्ने उधोग, जंगलवाट वोटविरुवा तथा जनावर उत्पादन गर्ने उधोग आदि उत्खनन् उधोग हुन
२) उत्पति उधोग (Genetic Industry) ः
धन आर्जन गर्ने उदेश्यले विकसित जातका अन्न, वोटविरुवा, जनावर आदि उत्पादन कार्यमा संलग्न उधोगलाई उत्पति उधोग भनिन्छ ।
(ख) द्धितीय उधोग (Secondary Industry)
अन्य उधोगवाट उत्पादित कच्चा पदार्थ, अर्ध निमिर्त वस्तु तथा तयारी वस्तुलाई कच्चा पदार्थ रुपमा उपयोग गरी सञ्चालन गरिने उधोगलाई सहायक वा द्धितिय उधोग भनिन्छ ।
१) उत्पादन उधोग (Manufacturing Industry) ः
कच्चा पदार्थ वा अर्ध निर्मीत पदार्थ प्रयोग गरि तयारी वस्तु उत्पादन मा संलग्न उधोगलाई उत्पादन उधोग भनिन्छ । जस्तैः चाउचाउ, विस्कुट, चिनी आदि। उत्पादन उधोगलाई पनि ४ भागमा विभाजन गर्न सकिन्छः संस्लेषणात्मक, विश्लेषणात्मक, विधिवत(प्रशोधन) र जडान ।
२) निर्माण उधोग (Construction Industry) ः
निर्माण सामग्रीहरु प्रयोग गरेर सम्वन्धित स्थलमै निर्माण कार्यमा संलग्न उधोगलाई निर्माण उधोग भनिन्छ । जस्तैः घर, नहर, पुल आदि निर्माण कार्यमा संलग्न उधोगहरु।
२. वाणिज्य (Commerce)
वस्तु वा सेवाको लेनदेन वा साटासाट गर्ने प्रकृया तथा त्यस्ता लेनदेनलाई सहयोग गर्ने सवै किसिमको कार्यहरुलाई नै वाणिज्य भनिन्छ । वाणिज्यलाई दुई भागमा विभाजन गर्न सकिन्छ ः
क) व्यपार (Trade)
यो वाणिज्यको मूख्य भाग हो जसमा क्रय विक्रय र वस्तुको स्थानान्तरण समावेस हुन्छ। साधारण भाषामा क्रेता र विक्रेता विचमा हुने खरिद विक्रि कार्यलाई नै व्यपार भनिन्छ
व्यपारलाई पनि दुई भागमा विभाजन गर्न सकिन्छ
अ) स्वदेशि व्यपार(Home trade) ः
कुनै एउटा देशको सिमाना भित्र हुने व्यपारलाई स्वदेशी व्यपार भनिन्छ । स्वदेशि व्यपारलाई पनि थोक व्यपार र खुद्रा व्यपार गरि दुई भागमा विभाजन गर्न सकिन्छ।
आ) वैदेशिक व्यपार (Foreign Trade) ः
फरक फरक देशका क्रेता तथा विक्रेताहरु विच हुने खरिद विक्रिलाई वैदेशिक व्यपार भनिन्छ । वैदेशीक व्यपारलाई पनि आयात व्यपार(Import trade), निर्यात व्यपार/(Export trade ) र पुनः निर्यात व्यपार (Enter-port Trade) गरि तीन भागमा विभाजन गर्न सकिन्छ ।
ख) उधोग तथा व्यपारका सहयोगी (Auxiliary of Industry and Trade)
उधोग तथा वाणिज्यलाई सहयोग गर्नको लागि सञ्चालित व्यवसायहरु त्यस्ता तत्वहरु हुन जुन विना व्यपार तथा वाणिज्यले आफ्ना उदेश्य प्राप्त गर्न सक्दैनन् । जस्तैः यातायात, भण्डारगृह, बिमा, वैंकिङ, सञ्चार आदि
३) सेवामुलक उधम (Service Industry)
सेवामूलक उधम त्यस्तो व्यवसायीक संघ संस्थाहरु हुन जो भाैतिक वस्तु उत्पादन गगरी ग्राहकलाई सेवा प्रदान कार्यमा संलग्न हुन्छ । जस्तैः नाईले दिन सेवा, होटल ले दिने सेवा, व्यूटि पार्लर ले दिने सेवा आदि
Sources;
Pant, Prem R. & Others (2016).Business Studies, Kathmandu:
Buddha Publications Pvt. Ltd.
KC, Phatabahadur(2068). Introduction to Business Studies, Kathmandu:
Vidyarthi Pustak Bhandar.
Sharma, Pushparaj. (2071). Business Studies, Kathmandu: Buddha
Academic Enterprises Pvt. Ltd.
Pokharel, Dhrubraj & Others (2073). Business Studies,
Kathmandu: Asmita Books Publishers and Distributors(p) Ltd.
No comments:
Post a Comment