Sunday, April 19, 2020

Evolution of Business / Evolution of Industry and Commerce (व्यावसायकाे विकास क्रम ः उधाेगकाे विकास क्रम र वाणिज्यकाे वकास क्रम) In Nepali



वर्तमान अवस्थाको आधिुनिक र विश्वव्यापिकरण व्यवसाय र व्यासायिक गतिविधी एकै चौटी आएको होईन् । मानव सभ्यताको विकास संगै व्यावसायको क्रमिक रुपमा विकास र विस्तार हुदै गएको विभिन्न ऐतिहाँसिक तथ्यवाट प्रष्ट छ । यसै सन्दर्भमा व्यवसायको विकास कसरी भयो त भन्ने प्रश्नको उत्तरमा बुदागत रुपमा निम्न अनुसार व्याख्या गर्न सकिन्छ ः

उधोगको विकास क्रम (Evolution of Industry)

१) सिकार युग (Hunting age)


  • मानिसहरु जंगलमा वस्थे
  • आवस्यकताहरु सिमीत थिए
  • सिकार गरेर, फलपूmल खोजेर आफ्ना आवश्यकताहरु पुरा गर्दथे

२) पशुपालन युग (Pastoral age)


  • जंगल वाट मानिसहरु नदी र जंगलका किनारामा झुपडी वनाई सर्न थाले
  • मासु, छाला, ऊन आदिका लागि जनावरहरु पाल्न थाले

३) कृषि युग (Agricultural age)


  • मानिसहरु परिवार र समाजमा वस्न थाले
  • खेतिपातीमा संलग्न भै अन्न उत्पादन गर्न थाले
  • वस्तु विनिमय प्रणालीको विकास

४) हस्तकला वा हस्त शिल्पी युग (Handicraft stage)


  • कृषी कार्यका लागी घरेलु सामाग्री तथा उपकरणहरुको उत्पादन र प्रयोग गर्न थाले
  • उत्पादन कार्यमा विशेषगरि परिवारका सदस्यहरु नै संलग्न हुन्थे
  • वढि मात्रामा श्रम प्रयोग हुन्थ्यो भने थोरै मात्रामा परम्परागत प्रविधिको प्रयोग हुन्थ्यो

५) शिल्पी संघ÷संगठनात्मक युग(Guild system)


  • विभिन्न कालीगड, सिकर्मी, डकर्मी आदिले आफ्नो स्वार्थको रक्षा गर्न संगठित हुन थाले
  • मर्चेन्ट गिल्ड (व्यपारीहरुको संगठन), क्रयाफ्ट गिल्ड (कालीगढहरुको संगठन) को विकास भयो
  • गिल्ड स्थापना गर्नुको मूख्य उदेश्य आफ्ना सदस्यहरुलाई समान अवसर दिने र व्यवसायीक स्वार्थको संरक्षण गर्ने रहेको थियो
  • कडा नियम तथा नयाँ सदस्यताको लागि चर्को शुल्कको कारणले यो युगको पतन भयो

६) घरेलु प्रणाली (Domestic system)


  • उधमी (उधोगपति) हरुको उदय भयो
  • उधमीहरुले कालीगढ र सिकर्मीहरुलाई काममा लगाई वस्तु उत्पादन गराउन थाले
  • वस्तु उत्पादनको लागि आवश्यक पर्ने औजार, कच्चा पदार्थ, वजार आदिको व्यवस्था उधमी अर्थात मालिक ले नै गर्न थाले
  • व्यवसाय सम्वन्धि जोखिमहरु मालिक ले नै व्यहोर्ने गर्दथे
  • मालीक र श्रमिक लाई अलग अलग गरायो
  • श्रम विभाजनको विकास भयो

७) औधोगिक क्रान्तीको युग (The Industrial revolution)


  • अठारौं सताब्दिको मध्य (सन १७६०) देखि वेलायतवाट औधोगिक क्रान्तिको शुरुवात भयो र युरोप हुदै पुरै विश्वभर फैलियो
  • श्रम प्रधान उधोगहरु पुँजी प्रधान हुन थाले
  • कारखाना प्रणालीको विकास भयो
  • उत्पादनमा आधुनिक मेशिन औजारहरु प्रयोग हुन थाल्यो
  • कोईला खानिको विकास, रसायनिक उधोगहरुको उदय, यातायात प्रणालीमा परिवर्तन, इन्जीनियरिङ विधिको विकास आदि कारणहरुले ठूलो परिमाणमा गुणस्तरिय वस्तुको उत्पादन हुन थाल्यो

८) वर्तमान अवस्था (Present stage)


  • ज्ञान व्यवस्थापन र विज्ञानको युग
  • नयाँ नया सुचना प्रविधिको विकास
  • स्वचालीत मेशिन औजार, कम्प्युटरको व्यापक प्रयोग, स्वचालित रोवोट आदिको प्रयोगले वृहत मात्रामा गुणस्तरिय वस्तु उत्पादन


व्यपारको विकास क्रम
(Evolution of Commerce)

१) घरायसी अर्थतन्त्र ( Household economy)


  • मानविय आवश्यकताहरु सिमित थिए
  • वेच्न नभई निजी प्रयोगका लागि बस्तुहरु उत्पादन गर्ने गर्थे
  • व्यपारिक गतिविधिहरु निरन्तर रुपमा हुदैन थियो
  • मानिसहरु स्व निर्भर थिए

२) वस्तुविनिमय अर्थतन्त्र (Barter economy)


  • क्रमश मानिसको जनसंख्या र आवश्यकताहरु वृद्धि हुन थाल्यो
  • आफुले उत्पादन गरेको वस्तुले परिवारलाई अपुग हुन थाल्यो फलस्वरुप एक अर्काले गरेका उत्पादनहरु साटफेर गर्न थाले
  • संचार तथा यातायात जस्ता पुर्वाधारहरुको भने विकास भएको थिएन

३) मुद्राको उदय (The rise of money)


  • वस्तु विनिमय प्रणालीमा धेरै कठिनाईहरु देखा परे जस्तैःभुक्तानीमा कठिनाई, पारिस्परिक आवस्यकताको मिलानको समस्या, एकठाउँ वाट अर्काे ठाउमा वस्तुलान ल्याउन समस्या आदि
  • वस्तु विनिमय प्रणालीमा देखिएको विभिन्न समस्याहरुलाई हटाई विनिमयकार्यलाई सहज वनाउन मुद्राको आवश्यकता महसुस गरियो
  • प्रारम्भमा जनावर, पत्थर, धातु, जनावरको छाला आदिलाई मुद्राको रुपमा प्रयोग गरिन्थ्यो तर पछि धातुका शिक्का तथा कागजका नोटहरु प्रयोग गर्न थालियो
  • मुद्राले व्यापारीक गतिविधिहरुको विकास र विस्तारमा ठुलो मदत पुर्यायो

४) सहरि अर्थतन्त्र (Town economy)


  • सवैको पाएक पर्ने, सुविधायुक्त स्थानिय वजारहरु ठुला ठुला शहरको रुपमा विकास हुन थाले
  • थोक तथा खुद्रा व्यवसायहरुको उदय भयो
  • व्यवसायीक गतिविधिहरुको व्यापक रुपमा वृद्धि हुन गयो

५) राष्ट्रिय अर्थतन्त्र (National economy)


  • संचार तथा यातायातको विकास तिव्र रुपले हुन थाल्यो
  • विद्यालय, विश्व विद्यालय, अस्पताल तथा अन्य सेवाप्रदायकहरुको उदय भयो
  • सहरि अर्थव्यवस्थाको विस्तार हुदै पुरै देश भरि फैलिएर राष्ट्रिय अर्थतन्त्रको अस्तित्व देखा पर्न गयो

६) विश्व अर्थतन्त्र(Global economy)


  • मानविय आवस्यकताहरु झनझन वृद्धि हुन थाल्यो
  • पर्यटनमा वृद्धि, उदारीकरण, ई–कमर्स, स्वतन्त्र वजार अर्थ नितिको कारणले वाणिज्यलाई राष्टिय अर्थतन्त्र वात विस्तार गरि विश्व अर्थतन्त्र तिर प्रवेश गरायो
  • WTO,APEC, ASEAN, EU, SAARC जस्ता संघ संस्थाहरुले विश्व अर्थतन्त्रको विकासमा सहयोग पुर्याई रहेका छन

Sources;
 Pant, Prem R. & Others (2016).Business Studies, Kathmandu: Buddha Publications Pvt. Ltd.
KC, Phatabahadur(2068). Introduction to Business Studies, Kathmandu: Vidyarthi Pustak Bhandar.
Sharma, Pushparaj. (2071). Business Studies, Kathmandu: Buddha Academic Enterprises Pvt. Ltd.
Pokharel, Dhrubraj & Others (2073). Business Studies,  Kathmandu: Asmita Books Publishers and Distributors(p) Ltd.


No comments:

Post a Comment