Wednesday, April 22, 2020

Henry Fayol's Administrative Management Theory (फायोलको प्रशासनिक व्यवस्थापनको सिद्धान्त ) In Nepali


फायोलको प्रशासनिक व्यवस्थापनको सिद्धान्त 
(Henry Fayol's Administrative Management Theory)


हेनरी फायोलको जन्म फ्रान्समा सन १८४१ मा भएको थियो भने मृत्यु सन् १९२५ मा भएको थियो ।

फायोल खानि ईन्जिनियर का साथै एक कुशल व्यावस्थापक पनि थिए । उनले प्रशासनिक व्यावस्थापनका सिद्धान्तहहरु प्रतिपादन गरिदिएर व्यवस्थापनको क्षेत्रमा एउटा नयाँ आयाम थपेका थिए । 

हेनरी फायोलले व्यवस्थापनलाई सिक्न र सिकाउन सक्ने विषयको रुपमा प्रमाणित गरिदिएका छन् । उनले व्यवस्थापनका विभिन्न सिद्धान्तहरुलाई सीपको रुपमा सिक्न र सिकाउन सकिने भएकोले व्यवस्थापक बनाउन सकिन्छ, जन्मदै व्यवस्थापकको गुण लिएर जन्मनु पर्दैन भन्ने कुरा सवित गरको छन् ।

उनले प्रतिपादन गरेको सिद्धान्तमा व्यवस्थापनको सटा प्रशासन शब्दको प्रयोग गरेका छन जसले गर्दा उनले प्रतिपादन गरेका सिद्धान्तलाई प्रशासनको सिद्धान्तहरु (Principles of Administrative)  का नामले चिनिन्छ । 

फायोललाई प्रशासनिक व्यावस्थापनका पिता (Father of Administrative Management) पनि भनिन्छ । 

फायोलका व्यवस्थापनका सिद्धान्तहरु  
(Fayol's principles of Management)


हेनरी फायोलले प्रशासनिक व्यवस्थापनका विभिन्न १४ वटा सिद्धान्तहरु प्रतिपादन गरेका छन् । जसलाई संक्षिप्तमा निम्न अनुसार व्याख्या गर्न सकिन्छ ः

१. श्रम विभाजन (Division of work)

  • श्रम विभाजन भनेको कर्मचारीहरुको क्षमता र दक्षताको आधारमा सङ्गठनको कामको जिम्मेवारी दिनु हो । 
  • कार्य विशिष्टिकरणबाट अधिक फाईदा प्राप्त गर्नु नै श्रम विभाजनको मुख्य उद्देश्य हो । 

२. अधिकार र उत्तरदायित्व (Authority and Responsibility)

  • कुनै व्यक्ति वा कर्मचारीलाई आदेश दिने शक्तिलाई अधिकार भनिन्छ भने आदेश वमोजिम कार्य सम्पन्न गर्नु वा अधिकारको पालना गर्नुपर्ने दायित्वलाई उत्तरदायित्व भनिन्छ ।
  • फायोले अधिकार र उत्तरदायित्वलाई एक अर्काका पुरक मानेका छन् । उत्तरदायित्व विनको अधिकारले अधिकारको दुरुयोग निमत्याउँछ भने अधिकार विनाको उत्तरदायित्वले कर्मचारीमा कर्तब्यवोधको सिर्जना गराउँदैन । 

३. निर्देशनको एकरुपता (Unity of  Direction)

  • सङ्गठनको लक्ष्य र उद्देश्य प्राप्त गर्नको लागि विभिन्न क्रियाकलापहरु र सङ्गठनका साधनहरुका विच समन्वय स्थापित गरी सङ्गठनलाई सफल बनाउन सकिन्छ । 
  • एकै प्रकारका कामका लागि एकै प्रकारवाट निर्देशन दिदा निर्देशनमा एकरुपता आई संगठनको लक्ष्य सजिलै प्राप्त गर्न सकिन्छ ।

४. आदेशको एकता (Unity of command)

  • कुनैपनि कर्मचारीले कामको सिलसिलामा पाउने आदेश वा निर्देशन एउटै अधिकारीवाट मात्र पाउनुपर्ने कुरालाई जनाउँदछ । 

५. अनुशासन (Discipline)

  • अधिकारीवाट प्राप्त आज्ञा तथा अधिकारको पालना गर्नुको साथै कर्मचारीहरुले नीति नियम प्रति देखाउने आस्था, अधिकारीप्रति देखाउने सद्भाव, परिश्रमी भावना एवम् व्यावहारिकता हो । 
  • सवै तहका कर्मचारीहरु समान रुपमा अनुशाशित भए मात्र संगठनको लक्ष्य प्राप्त गर्न सकिन्छ । 

६. सामुहिक हितको लागि व्यक्तिगत हितको समर्पण (Subordination of individual interest to general interest)

  • सङ्गठनको हितको लागि कर्मचारीहरुले आफ्नो व्यक्तिगत हित त्याग गर्नु तथा सम्र्पण गर्नुपर्दछ ।
  • सङ्गठनको कुनै पनि कार्य कुनै पनि व्याक्ति विशेषको लाभका लागि नभएर सङ्गठनको हितलाई ध्यानमा राखि गर्नु हो । 

७. कर्मचरीहरुको पारिश्रमिक (Remuneration of personnel)

  • प्रत्येक कर्मचारीहरुलाई न्योचित र सन्तोषप्रद रुपले उनिहरुको योग्यता, दक्षता , क्षमता र काममा गर्नुपर्ने श्रमको आधारमा पारिश्रमीक दिनुपर्ने कुरालाई जनाउँदछ । 
  • कर्मचारीहरुलाई गैरवित्तीय सुविधाहरु पनि उपलब्ध गराउर्ने भनि फायोलले सुझाएका छन् ।

८. सुव्यवस्था (Order) 

  • सुव्यवस्थाले सङ्गठनका भौतिक तथा मानविय साधनहरुलाई क्रमबद्ध रुपमा यथास्थानमा व्यवस्थित गर्नुपर्छ भन्नेकुरालाई जनाउदछ् । 

९. सम्पर्क श्रृङ्खला (Scalar Chain)

  • यस सिद्धान्तले माथिल्लो देखी निम्नस्तर सम्मको कर्मचारीहरुसम्मको सुचना, आदेश र निर्देशनको पालनाको श्रृङ्खलावद्ध रुपमा हुनुपर्दछ भन्ने कुरालाई जनाउँदछ ।
  • सम्पर्क  श्रृङ्खला सङ्गठन भित्र हुने सञ्चारलाई सुनिश्चित बनाउनुको साथै आदेशमा एकता तथा आदेश दिने र प्रतिवेदन प्राप्त गर्ने कुरालाई प्रभावकारी वनाउन मद्दत गर्दछ । 
  • हेनरी फायोलले सम्पर्क श्रृङ्खला जति सक्दो सानो अथवा छोटो वनाउनु कुरा सुझाव दिएका छन् ।

१०.केन्द्रिकरण (Centralization)

  • सङ्गठनमा अधिकारको केन्द्रिकरण कुन हदसम्म गर्नुपर्छ भन्नेकुरा सङ्गठनको प्रकृति, कार्यको प्रकार, सङ्गठनका आकार, वनावट एवम् अधिनस्थ कर्मचारीको कार्यकुशलतामा भर पर्दछ । 
  • फायोलका अनुसार सङ्गठनको अन्तिम निर्णय अधिकार व्यावस्थापक आफै सुरक्षित राखी कर्मचारीहरुलाई सुम्पिएको कार्यहरु सुचारु रुपले सञ्चालन गर्नका लागि पर्याप्त अधिकार दिनुपर्छ भनी सुझाव दिएका छन् ।

११. समान्ता (Equity)

  • व्यवस्थापकले समानताको सिद्धान्तलाई सङ्गठन भित्र लागु गर्नका लाििग कर्मचारीहरुको कार्यसम्पादन मूल्याङ्कन गर्दा, ज्याला भुक्तानी गर्दा, दण्ड सजाय दिँदा एवम पुरस्कार वितरण गर्दा कुनै पनि प्रंकारको पूर्वाग्राह नराखी समानताको आधारमा न्यायपूर्ण र निष्पक्षताका साथ गर्नुपर्दछ । 

१२. सहयोगको भावना (Esprit de corps) 

  • यस सिद्धान्तको तात्पर्य समुहका सदस्यहरुबीयच एकता कायम गर्न उनीहरुको समुह प्रति निष्ठा ९ीयथबतिथ० र भक्ति ९म्भखयतष्यल० को भावना जागृत गराउनु हो । यस सिद्धान्तले सङ्गठनका सम्पुर्ण सदस्यहरु विच सहयोग र एवम् समुह कार्य ९त्भबm ध्यचप० हुनुपर्दछ भन्ने कुरालाई जनाउँदछ । 

१३. पहल (Initiative)

  • यस सिद्धान्त अनुसार कर्मचारीहरुलाई अधिकार र अनुशासनको परिधि भित्र रही योजना वनाउने र त्यसको कार्यान्वयन गर्नका लागि स्वतन्त्रता दिनु पर्दछ । कर्मचारीको प्रेरणा तथा आत्म सन्तुष्टिको लागि उनीहरुलाई आदेश पालना गर्ने व्यक्तिा मात्र नठनी सवै खाले विचार र बुद्धिविवेक प्रयोग गरी कार्य गर्ने पहलका लागि मौका दिनुपर्दछ । 

१४. कर्मचारीको स्थायित्व (Stability of Tenure of Personnel)  

  • यस सिद्धान्तले कर्मचारीको उत्प्रेरण, प्रतिबद्धता, निष्ठा, मनोवला एवम् समर्पण भाव बृद्धि गर्न उनीहरुको स्थायित्वमा जोडा दिएका छन् । स्थायित्वले सङ्गठनको सफलता एवम् लक्ष्य प्राप्तीका लागि कर्मचारीहलाई उत्प्रेरित गर्दछ । 
Sources;
 Pant, Prem R. & Others (2016).Business Studies, Kathmandu: Buddha Publications Pvt. Ltd.
KC, Phatabahadur(2068). Introduction to Business Studies, Kathmandu: Vidyarthi Pustak Bhandar.
Sharma, Pushparaj. (2071). Business Studies, Kathmandu: Buddha Academic Enterprises Pvt. Ltd.
Pokharel, Dhrubraj & Others (2073). Business Studies,  Kathmandu: Asmita Books Publishers and Distributors(p) Ltd.

No comments:

Post a Comment