Tuesday, July 14, 2020

रणनीति व्यवस्थापन भन्नाले के बुझिन्छ ? यसका प्रकृयाहरू उल्लेख गर्नुहाेस् । What do you mean by Strategic Management? Explain its process.

Strategic Management
रणनीति व्यवस्थापन

संस्थाको दीर्घकालिन लक्ष्य हासिल गर्न तयार परिने बृहत कार्ययोजनालाई रणनीति भनिन्छ । रणनीतिले संस्थालाई दीर्घकालिन दिशानिर्देश गर्दै प्रतिस्पर्धात्मक लाभ प्राप्त गर्न सहयोग पुर्याउदछ । 
त्यसैगरी व्यवस्थापन भन्नाले संगठनमा उपलब्ध रहेका विभिन्न साधनश्रोतहरुको प्रभावकारी उपयोग गर्दै लक्ष्य हासिल गर्न अवलम्वन गरिने प्रक्रिया हो । 


रणनीति व्यवस्थापन भन्नाले रणनीतिको उचित व्यवस्थापन गर्दै संस्थालाई लक्ष्यतर्फ उन्मुख गराउने एक प्रक्रिया हो । यसले व्यवसायलाई भविष्यमा गर्नुपर्नै कार्यसम्बन्धि दिशा निर्देश गर्दै संगठनलाई दीर्धकालसम्म लक्ष्यप्राप्ती तर्फ डोर्याउन सहयोग गर्दछ । यस अन्तर्गत संगठनको विभिन्न तहको रणनीतिको तर्जुमा र ती रणनीतिहरुको व्यवस्थित ढंगले लागु तथा नियन्त्रण गर्ने कार्य पर्दछन् । यसले संगढनका विभिन्न इकाई र कार्यहरुलाई एकिकृत गर्दै संगठनलाई वातावरणीय चुनौतिहरु सँग जुध्न र नयाँ अवसरहरुको प्राप्ती गर्न तयार गर्नु हो ।

According to Wheelen and Hunger, 'Strategic management is a set of managerial decisions and actions that determine the long run performance of an organization.' ‘रणनीतिक व्यवस्थापन भनेको व्यवस्थापकिय निर्णय र कार्यहरुको समुह हो, जसले सङ्गठनको  दीर्धकालिन कार्यसम्पादनलाई निर्धारण गर्दछ ।’

According to Hitt, Ireland and Hoskisson, 'The strategic management process is the full set of commitments, decisions and actions required for a firm to achieve strategic competitiveness and earn above average returns.' ‘ रणनीति व्यवस्थापन सङ्गठनलाई रणनीतिक प्रतिस्पर्धात्मकता र औषत भन्दा माथी प्रतिफल हासिल गर्न चाहिने प्रतिवद्धता, निर्णय र कार्यहरुको समूह हो ।’


According to Johnson and Scholes, 'Strategic management includes understanding the strategic position of an organization, strategic choice for the future and turning strategy into actions.' ‘रणनीति व्यावस्थापन अन्तर्गत सङ्गठनको रणनीतिक अवस्थिती बुझ्ने, भविष्यको लागि रणनीतिक छनौट गर्ने र रणनीतिको कार्यान्वयन गर्नै कार्यहरु पर्दछन् ।’

माथीका परिभाषाहरुबाट साराँशमा पुग्न सकिन्छ कि रणनीति व्यावस्थापन सङ्गठनको दीर्घकालिन लक्ष्य हासिल गर्न विभिन्न रणनीतिक निर्णयहरु लिने र तिनीहरुको प्रभावकारी कार्यान्वयन गर्ने प्रक्रिया हो ।  

Process of Strategic Management रणनीति व्यवस्थापनका प्रक्रिया

रणनीति व्यवस्थापन रणनीति तर्जुमा, कार्यान्वयन र नियन्त्रण गर्ने एक प्रक्रिया हो । यस अन्र्तगत विभिन्न तत्वहरु पर्दछन् , जसलाई निम्न अनुसार उल्लेख गरिएको छ । 

१. रणनीतिक योजना ः 

रणनीतिक योजना रणनीति व्यवस्थापन प्रक्रियाको प्रथम  तत्व हो । यस अन्र्तगत दुरदृष्टि, अभियान, उद्देश्य  तथा रणनीति विकास गर्ने कार्यहरु पर्दछन् ।
रणनीति योजना अन्तर्गत निम्न तत्वहरु समावेश गरिन्छ । 
क) वातावरणीय विश्लेषण 
व्यवसायलाई प्रभाव पर्ने विभिन्न तत्वहरुको अध्ययन गरी विस्तृत जानकारी कार्यलाई वातावरण विश्लेषण भन्न्छि । यस अन्तर्गत स्वट विश्लेषण गरी सवलता, दुर्वलता तथा अवसर र चुनौतिहरुको विश्लेषण गरिन्छ ।
ख) रणनीति तर्जुमा 
   संस्थागत स्तरको रणनीति, व्यावसायिक स्तरको रणनीति र कार्यस्तरको रणनीति तर्जुमा गरिन्छ ।

२. रणनीतिको कार्यन्वयन ः 

रणनीति कार्यन्वयन रणनीतिक व्यवस्थापनको महत्पुर्ण तत्व हो । यस अन्तर्गत तर्जुमा गरिएको रणनीतिहरुलाई व्यवहारमा उतार्ने कार्य गरिन्छ । यस अन्र्तगत निम्न कार्यहरु पर्दछन् । 
क) संरचना खाका
ख) साधन योजना 
ग) व्यवस्थापन योजना

३. रणनीति नियन्त्रण 

रणनीति नियन्त्रण अन्र्तगत कार्यसम्पादनको अनुगमन गर्ने कार्य पर्दछ । यस अन्तर्गत संगठनको आन्तरीक र वाह्य तत्वहरुको मुल्याङ्कन गरिन्छ । वास्तविक कार्यसम्पादनको मूल्याङ्कन गर्दै आवश्यक्ता अनुसारको सुधारात्मक कदम चालिन्छ । 

४. पृष्ठपोषण 

पृष्ठपोषण रणनीतिक व्यवस्थापन प्रक्रियाको अन्तिम चरण हो । यस अन्तर्गत वातावरणीय तत्वहरुको नियमित रुपमा अनुगमन गर्दै आवश्यक भए अनुसार फेरबदल र समायोजन गर्दै लगिन्छ ।

In English

Strategic management is the management of an organization’s resources to achieve its goals and objectives. Strategic management involves setting objectives, analyzing the competitive environment, analyzing the internal organization, evaluating strategies, and ensuring that management rolls out the strategies across the organization.

According to Wheelen and Hunger, 'Strategic management is a set of managerial decisions and actions that determine the long run performance of an organization.' ‘रणनीतिक व्यवस्थापन भनेको व्यवस्थापकिय निर्णय र कार्यहरुको समुह हो, जसले सङ्गठनको  दीर्धकालिन कार्यसम्पादनलाई निर्धारण गर्दछ ।’

According to Hitt, Ireland and Hoskisson, 'The strategic management process is the full set of commitments, decisions and actions required for a firm to achieve strategic competitiveness and earn above average returns.' ‘ रणनीति व्यवस्थापन सङ्गठनलाई रणनीतिक प्रतिस्पर्धात्मकता र औषत भन्दा माथी प्रतिफल हासिल गर्न चाहिने प्रतिवद्धता, निर्णय र कार्यहरुको समूह हो ।’


According to Johnson and Scholes, 'Strategic management includes understanding the strategic position of an organization, strategic choice for the future and turning strategy into actions.' ‘रणनीति व्यावस्थापन अन्तर्गत सङ्गठनको रणनीतिक अवस्थिती बुझ्ने, भविष्यको लागि रणनीतिक छनौट गर्ने र रणनीतिको कार्यान्वयन गर्नै कार्यहरु पर्दछन् ।’

Example of Strategic Management
For example, a for-profit technical college wishes to increase new student enrollment and enrolled student graduation rates over the next three years. The purpose is to make the college known as the best buy for a student's money among five for-profit technical colleges in the region, with a goal of increasing revenue.

In that case, strategic management means ensuring the school has funds to create high-tech classrooms and hire the most qualified instructors. The college also invests in marketing and recruitment and implements student retention strategies. The college’s leadership assesses whether its goals have been achieved on a periodic basis.

Process of Strategic Management

1. Strategic Planning:

This is First step, It is concerned with the formulation of strategy. It includes development of vision, mission, objectives and strategy.
Strategic Planning involves the following;
a) Environmental analysis
b) Strategy formulation
Corporate level strategy, Business level strategy and Functional level strategy

2. Strategy Implementation:

In this stage, the strategies are translated into action i.e. they are implemented.
a) Structure design
b) Resources planning
c) Management System

3. Strategic Control:

In this stage, Organizational performance or activities are monitored to ensure that the direction of strategy implementation is in the right way.

4. Feedback: 

It is last stage, In the stage information is gathered from the environment and change made according to necessary. 


No comments:

Post a Comment